Breaking News
Loading...
Saturday, August 11, 2012

Info Post
महोत्तरी, २७ साउन । महोत्तरीको बेला एकडारा भन्ने स्थानमा आज जनतान्त्रिक तराइ मुक्तीमोर्चा त्यागि समुह र प्रहरीबीच भएको दोहोरो भिडन्तमा त्यागि समुहका सर्लाही महोत्तरी र धनुषा जिल्ला इन्चार्ज बारुद त्यागी भनिने जयनारायण पासवानको मृत्यु भएको छ ।
भिडन्तमा मोर्चाका कार्यकर्ता लखेट्ने क्रममा दुइ प्रहरी जवान घाइते भएका छन् । प्रहरी हवल्दारहरु बच्चा यादव र सुरेन्द्र चौधरी घाइते भएका छन् । घाइते दुवै प्रहरीको अहिले जलेश्वर अस्पतालमा उपचार भैरहेको छ । आज मध्यान्ह १२ बजेतिर दोहोरो भिडन्त भएको थियो ।
पासवानको साथबाट प्रहरीले ३ राउण्ड गोलि एक कटुवा पेस्तोल एउटा लोला समेत बरामद गरेको छ । मृतक पासवानमाथि जिल्ला प्रहरी कार्यालयमा एक दर्जनभन्दा बढि हत्या , अपहरण जस्ता मुद्दा दर्ता भएका थिए ।

0 comments:

Post a Comment