Breaking News
Loading...
Saturday, August 11, 2012

Info Post
एउटै भाँडोको भात परिवारका सबै सदस्यले आरामसँग खान्छन् तर त्यही परिवारकी एक महिलाले मुखमा हाल्नासाथ ढुंगामा परिणत हुँदा उनी समस्यामा परेकी छन् । कुनै पनि अन्न्ा मुखमा हाल्नेबित्तिकै रातो दर्शन ढुंगा हुने गरेको छ । सफा खाना मगरले मुखमा हाल्नेबित्तिकै ढुंगा हुने गरेको हो । यो घटना देख्ने र सुन्नेहरू सबै आश्चर्यमा पर्ने गरेका छन् । पहिलोपटक यो घटना सुन्नेले यस्तो पनि हुन्छ र भनेर प्रतिक्रिया दिए पनि बिनाको घरमा पुगेपछि भने आश्चर्यचकित हुने गरेका छन् । आफूलाई के भएको हो भन्नेबारे अनभिज्ञ बिनाको अनौठो क्रियाकलापले उनको परिवारसमेत अचम्म्ामा परेको छ । यो अनौठो घटनाले यतिखेर उनलाईए नीकै गारो परेको छ । अरूका लागि जादुजस्तो देखिने अनौठो घटनाले बिनालाई मात्रै होइन उनका श्रीमान्लाई पनि समस्यामा परेका छन् । सुत्केरी हुनुपहिले पनि बिनालाई यस्तै अनौठा घटनाले सताउने गरेको थियो । राति सुतेको ठाउँमा अज्ञात स्थलबाट ढुंगा प्रहार हुने क्रम बढ्न थालेपछि श्रीमान्सँगै काठमाडौंमा बस्न थालेकी बिनालाई नयाँ घटना आइपरेको हो । बिनामा यस्तो समस्या देखिएपछि स्थानीयवासीले विभिन्न तर्कना गरेका छन् । कसैले यसलाई दैवी शक्तिको रूपमा लिएका छन् भने कसैले टुनामुनाको प्रभाव भएको बताउँदै आएका छन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment