भारतीय नायक अमिताभ बच्चनले मेरो हातमा १० हजार रुपियाँ थमाउँदै भने, 'यसले मुक्तिनाथ क्षेत्रमा बेन्च राखिदिनू।' एक रात मुक्तिनाथ बसेर फर्केका थिए उनी। रानीपौवामाथि घोडा लान पाइन्न। मन्दिरसम्म हिँड्नुपर्छ। घोडाबाट ओर्लेर हिँड्दा आराम गर्ने बेन्च नदेखेपछि उनलाई नमज्जा लागेछ, त्यसैले पैसा दिए।
'खुदा गवाह' छायांकन सकेर जोमसोम छाड्ने अघिल्लो दिन उनले पैसा दिएका हुन्। त्यसबाट हामीले मन्दिरमुन्तिर पाँच वटा लामा मेच राखिदियौँ। त्यहाँ बसेर हजारौँ तीर्थालुले आराम गरिसकेका छन्। धन्यवाद अमिताभ! निर्देशक मुकुल आनन्दको फिल्म 'खुदा गवाह' सन् १९९१ अक्टोबरमा मुस्ताङमा छायांकन गरिएको थियो। मुख्य कलाकारहरू जोमसोमको ओम्स होम (होटल) मा बसेका थिए। त्यही होटलका सञ्चालक विष्णुराज हिराचनको सम्झना :
५ अक्टोबर १९९१ 'अमिताभ बच्चन आउने रे' भन्ने थाहा पाएर बिहानैदेखि जोमसोम एयरपोर्टमा मान्छे झुम्मिएका थिए। तत्कालीन शाही नेपाल वायुसेवा निगमको जहाजबाट उत्रनेबित्तिकै अग्ला कदका अमिताभले हात हल्लाएर अभिवादन टक्र्याए। अमिताभ विमानस्थलबाहिर आउँदा अघि झुम्मिएका मान्छेको हुल थिएन। एक झल्को उनलाई हेरेपछि मान्छेहरू लाखापाखा लागिसकेका थिए। अन्यत्र त कलाकार भन्नेबित्तिकै मान्छेले घेरेर उम्कनै गाह्रो पर्थ्यो। अमिताभ अचम्मित भएछन्। मान्छेमा आफूप्रति क्रेज कमजस्तो लागेर। त्यो दिन मुख्यमुख्य कलाकार आएका थिए। छायांकन टोली ९६ जनाको थियो। उनीहरू जोमसोमका आठ होटलमा बाँडिएर बसे। त्यति बेला हाम्रो होटल 'ओम्स होम' का जम्मा चार कोठा नं १०५, १०२, १०३ र १०४ मा अट्याच बाथरुम सुविधा थियो। अहिले २५ कोठामध्ये २१ वटामा त्यो सुविधा छ। अमिताभ १०५ मा बसे। श्रीदेवी १०१ मा बसिन्, १०२ मा मेकअप म्यान। १०३ मा डेनी र १०४ मा नार्गाजुन। शिल्पा शिरोडकर आमाछोरी १०७ मा बसे भने किरण कुमार र जीवन भूषण १०८ नम्बरमा। श्रीदेवी खाट झिक्न लगाएर भुइँमा सुतिन्। उनको कोठामा अर्का एक युवक पनि सुत्थे। उनलाई श्रीदेवी भाइ भन्थिन्। निर्माता/निर्देशकले जोमसोममा होटल छैन, टेन्टमा राख्छौँ भनेर झुक्याएका रहेछन्। यहाँ होटल देखेपछि कलाकारहरू चकित परे। ... अरु सबै कोठा पर्यटकका लागि खुला छन्, तर, १०८ मा अचेल म आफैँ सुत्छु। हाम्रो होटलमा ५ सयदेखि १२ सय रुपियाँसम्मका कोठा छन्। श्रीदेवी सुतेको कोठाको हजार रुपियाँ पर्छ भने अरुको ५-६ सय रुपियाँ। श्रीदेवी सुतेको १०१ मा हामीले टप बाथसहित पछि बाथरुम थपेका हौँ। निर्माता नसिर अहमद, निर्देशक मुकुल आनन्द र प्रोडक्सन म्यानेजर राहुल आनन्द अध्ययनका लागि महिना दिन पहिले पनि जोमसोम आएका थिए। उनीहरूकै सल्लाहमा मैले अमिताभ बच्चन सुत्ने कोठामा तातोपानीका लागि ग्यास गिजरसहितको फराकिलो अट्याच बाथरुम थपेको हुँ। हामीकहाँ बास बस्ने भारतीयमध्ये १० प्रतिशतले मात्रै 'खुदा गवाह' को कुरा कोट्याउँछन्। उनीहरू आफ्ना स्टार सुतेको कोठा पाउँदा हुरुक्कै हुन्छन्। कतिपय त अमिताभ यस्तो सामान्य कोठामा बसेको भनेर पत्याउँदैनन्। छायांकन सकिएपछि मलाई ती कलाकारका नाममा कोठाको नाम राख्न सुझाव मिल्यो। तर, मलाई अरुको नाम बेचेर पैसा कमाउन मन लागेन।

नागरिकमा छपिएको यो सामाग्री पुरै पढ्न यहाँ क्लिक गर्नुहोस्
Read The Full Story In Nagarik News Now

0 comments:
Post a Comment