
बेइजिङ, श्रावण २३, चीनको दक्षिण-पश्चिमी प्रान्तमा एक अर्का तिब्बतीले आफुलाइ आगो लगाएर आत्मदाह गर्ने कोशिस गरेका छन् । लण्डनबाट संचालित ‘फ्री तिब्बत’ नामक संगठनले बताए अनुसार सिचुआन प्रान्तको एबा काउन्टीको मुख्य सडकमा उक्त तिब्बतीले आफुलाइ आगो लगाएको थियो । त्यसको तुरून्तै त्याहाँ पुगेका सुरक्षा अघिकारीले उक्त व्यक्तिलाइ त्याहाँबाट कारमा राखेर अस्पताल लगेका थिए । संगठनका अनुसार आफुलाइ आगो लगाउने व्यक्ति अहिले सम्म जिवित भने रहेको छ । तर उसका बारेमा भने बिस्तृत जानकारी पाउन सकिएको छैन् । चीनमा मार्च २०११ पछि अहिले सम्म ४० जना तिब्बतीले आफ्नो शरिरमा आगो लगाइसकेका छन् । यिनीहरू तिब्बतलाइ चीनसंग स्वतंत्र गर्ने माग गरिरहेका छन् । अर्को तर्फ यस प्रकारका बढ्दो आत्मदाहको घटनाका लागी चीनले तिब्बति धर्मगुरु दलाई लामा माथि आरोप लगाउँदै आएको छ ।
0 comments:
Post a Comment