Breaking News
Loading...
Saturday, August 11, 2012

Info Post
२६ साउन, क्वालालम्पुर । मलेसियामा रोजगारमा सिलसिलामा पुगेका एक नेपाली आफ्नै सहकर्मीको कुटाइबाट मारिएका छन । मलेसियामा कार्यरत धरमपुर ४ झापा घर भइ मलक्कास्थित अलोर गाजाको जुलिस विष्कुट कम्पनीमा कार्यरत बल बहादुर तामाङ नेपाली सुभोकलाल चौधरीको कुटाइबाट मारिएका हुन । नाम नछाप्ने शर्तमा संगै कार्यरत अर्का एक नेपालले भने गत सोमबार राती सुतीरहेको बेला तामाङमाथि चौधरीले काठको छडीले कुटपिट गरेका थिए गम्भिर घाइते तामाङको अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भयो । करिब तीन बर्षअघिदेखि सो कम्पनीमा कार्यरत तामाङमाथि चौधरीले राती सुतीरहेको मौका छोपी अचानक आक्रमण गरेका थिए । पछि तामाङ गम्भिर घाइते भएको अवस्थामा भेटिएका थिए । घट्नास्थलमा काठको ठूलो छडीले तामाङलाई कुटीरहेको अवस्थामा चौधरी भेटिएका थिए । हामीलाई देख्नेवित्तीकै उनी त्यहाँबाट भागे एक नेपालीले भने तामाङको टाउको, घाँटी र खुट्टामा गम्भिर चोट लागेको थियो त्यसपछि तामाङलाई नजिकैको अस्पातालमा पुर्याइयो तर हिजो अबेर मृत्यु भएको खबर पायौं । हाल घट्नाबारे त्यहाँ कार्यरत नेपालीलाई कम्पनीले फरार रहेका चौधरी पक्रन अफ्ठ्यारो हुनसक्ने भन्दै मिडियामा खबर नगर्न भनेको छ । कम्पनी बोसले मिडियामा खबर गरेमा चौधरीलाई पक्राउ गर्न अफठ्यारो हुनसक्छ । अहिले कतै केही नभन्नु भनेको बताइएको छ । कम्पनी मालिकलाई उध्दृत गर्दै सोहि कम्पनीमा कार्यरेत ती नेपालीले भने ‘बरु पछि पक्राउ परेपछि भनौंला ।’ कुटपिट गर्ने चौधरी भने त्यसैदिनदेखि फरार छन् । फरार चौधरीबारे कम्पनीले सम्पूर्ण विवरण प्रहरीलाई दिई खोजी कार्य भइरहेको बताइएको छ । सिरहाको लहानका चौधरी कामकै शिलशिलामा करिब १० महिनाअघि मात्रै सो कम्पनी पुगेका थिए । आजै घटनाबारे यहाँस्थित नेपाली दुतावासमा जानकारी दिइएको छ । कुटपीट पछि मृत्यु भएमा कुट्नेलाई हत्या गरेको बराबर कडा कार्बाही हुनसक्ने बताइन्छ । मृतक बलबहादुरको परिवारमा दुई छोरी, एक छोरा र श्रीमती रहेको बुझिएको छ ।

अर्को मृत्‍युकै प्रसँग पनि पढ्नुहोस्
Read This Related News Also

0 comments:

Post a Comment