एक पटक प्रेम, २२ पटक विवाह ! त्यो पनि एकै जोडीको । झट्ट सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, बेलायतको एक जोडीले २२ पटक विवाह गरेका छन्, त्यो पनि फरक-फरक देशमा पुगेर त्यहाँको रितिरिवाज अनुसार ।
२३ वर्षीय एलेक्स पेलिग र ३० वर्षीया लीसा ग्रान्ट विश्व घुम्न निस्किएका थिए, तर सेलिब्रेटी बनेर फर्किए । यो जोडीले ७ जन्मसम्म साथमा रहने कसम खाँदै २२ पटक विवाह गरिसकेका छन् र अझै ८ पटक विवाह गर्ने योजनामा छन् । ३० देश घुमेर ३० पटक विवाह गर्ने योजना रहेको उनीहरु बताउँछन् ।
ग्वाटेमाला पुगेर आदिवासीहरुको बीचमा रहेका परम्परागत पहिरनमा विवाह गरेको यो जोडीले कोष्टारिकामा फूलैफूलको बीचमा विवाह गरेर इमोशनल विवाह गरे ।
अमेरिकाको हवाईमा डल्फिनसँगै पानीमा डुबेर सँगै बाँच्ने संगै मर्ने कसम खाएको यो जोडीले लस एन्जलसमा पिशाच बनेर ‘आई डू’ भन्न भ्याएका छन् ।
#onlinekhabar

0 comments:
Post a Comment