Breaking News
Loading...
Saturday, September 1, 2012

Info Post
नयाँ दिल्ली, भाद्र १६, हालै मात्र प्लेब्वाइ म्यागजीनका लागि न्यूड फोटोशूट गरेर चर्चाको शिखरमा पुगेकी बलिउड अभिनेत्री शर्लिन चोपडाले फेरी एक विवादास्पद अभिव्यक्ति दिएकी छन् । कुनैपनि युवतीले यस प्रकारले कुरा गरेको सुन्दा तपाइँलाइ पनि अचम्म लाग्नसक्दछ ।

शर्लिनले आफ्नो ट्विटरमा लेखेकी छन् कि केही समय पहिले सम्म उनी मानिसहरूसंग पैसा लिएर सेक्स गर्ने गर्दथिन् । यस प्रकारको काम गर्दा उनलाइ धेरैनै आनन्द आउने गर्दथ्यो । त्यसपछि उनले यस कुरामा निकै मनन गरिन र यस प्रकारको काम बन्द गरिन् । अब उनी पहिले भन्दा निकै सुध्रिएकी छन रे । शर्लिनले ट्विट गर्दै भनेकी छन् कि उनलाइ खुलेआम ट्विटरमा शारीरिक सम्बन्धमा बनाउनका लागि प्रस्ताव आइरहेका छन् । तर अहिले भने उनले यस प्रकारको अफरहरू स्वीकर गरेकी छैनन् ।

स्मरणीय छ, यी तिनै शर्लिन चोपडा हुन जसले करिब २ बर्ष अघि ट्विटरमा आफ्नो न्यूड पिक्चर राखेर सनसनी मच्चाएकी थिइन्, त्यस पछि ट्विटरले उनको एकाउन्ट नै लक गरिदिएको थियो ।  तर माफी मागेपछि शर्लिन फेरी ट्विटरमा आएकी थिइन् । तर चर्चामा रहिरहनका लागि शर्लिनको यस प्रकारका हरकतहरू अहिले पनि जारीनै छ ।
अब हालै दिएको यस प्रकारको विवादास्पद अभिव्यक्तिले उनलाइ कति फाइदा पुर्याउने हो त्यो भने हेर्न बाँकी छ ।
साभार: मिडिया एनपी

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

0 comments:

Post a Comment