धुर्मुससँग भेट नभएको भए ?
म सुन्तली नै हुँदैनथेँ । कुञ्जना भएर कलाकारिता मात्र गरिरहेकी हुन्थँे ।
कुनै रात बेडमा धुर्मुसको सट्टा अर्कै केटामान्छे सुतेको रहेछ र तपाईंले बिहान ब्युँझँदा मात्रै थाहा पाउनुभयो भने ?
सपनामा छु कि बिपनामा भनेर आफैँलाई चिमोठ्थँे । बिपना नै रहेछ भने त उठेर भाग्नुबाहेकको विकल्प के होला र ?
धुर्मुसले अर्की श्रीमती भित्र्याए भने ?
ए † त्यसरी श्रीमती भित्र्याए भने सुन्तली पनि कहाँ त्यसै बस्छे ? अर्को केटा खोजेर पोइल जान्थी नि †
चन्द्रमामा धुर्मुसबाहेक अरू कसैलाई लैजाने अवसर पाए ?
धुर्मुसबाहेक सुन्तलीको चन्द्रमामा के अर्थ र ? बरु चन्द्रमामै जाँदैनथेँ । सुन्तलीका लागि धुर्मुस नै चन्द्रमा हो ।
विवाहपछि श्रीमान्ले सेक्स सम्बन्ध राख्न नमानेका भए ?
विवाहपछि पनि सेक्स सम्बन्ध राख्न मानेनन् भने त प्रोब्लम भैहाल्यो नि । चेकअपका लागि चिकित्सककहाँ पुर्याउँथेँ ।
साभार:सौर्य दैनिक

0 comments:
Post a Comment