Breaking News
Loading...
Thursday, August 9, 2012

Info Post
अछाम साउन २५ । 
अछाम जिल्लाको पुल्लेतोला गाविसमा एक महिलाले आफ्नै छोरा र छोरीको हत्या गरेकी छन् । वडा नं ९ निवासी मीन बहादुर रावलकी श्रीमती २४ बर्षीया धनसरीले ३ महिनाको छोरी र २ वर्षका छोराको सोमबार राती हत्या गरेको आज थाहा भएको प्रहरीले जनाएको छ । 

घर नजिकै रहेको गागरे भिर सुनथला तालमा फालेर छोराछोरीलाई फालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रत्यक्षदर्शीले हिजो मात्र प्रहरीलाई खबर गरेको र हत्या गर्ने आमालाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । घरमा सासुससुराबाट  अलग बस्ने बारेमा श्रीमानसंग विवाद हुँदा साउन २१ गते घरबाट स्केकी धनसराले त्यही रिसमा छोराछोरीको हत्या गरेको हुन सक्ने आफन्तको अनुमान छ ।

0 comments:

Post a Comment