नायिका झरनासँग साप्ताहिकका नरेन्द्र रौलेको जम्काभेटः
चलचित्रको नाम फेसबुक कसरी जुर्यो ?
फेसबुक अहिले एकदमै लोकप्रिय छ। यही लोकप्रियताले गर्दा चलचित्रको नाम पनि फेसबुक राख्यौं। फेसबुक सन्देशमूलक चलचित्र हो।
तपाईं आफैं कत्तिको फेसबुक चलाउनुहुन्छ ?
अधिकतम, दैनिक कम्तीमा ३ घण्टा त फेसबुकमै बिताउँछु। आफ्ना साथीसंगी, परिवार र बाहिरी दुनियासँग नजिक हुने माध्यम भनेकै फेसबुक रहेछ। मेरा चारवटा फेसबुक एकाउन्ट छन्, ती सबै सक्कली हुन्। एउटा फ्यान पेज पनि छ। नियमित अपडेट गर्छु। प्रायःजसो प्रो फाइल तस्बिर फेरिरहन्छु। यदाकदा अनलाइनमा आउनेहरूसँग च्याट पनि गर्छु।
फेसबुक चलाउँदाको सम्झन लायक कुनै घटना ?
दर्शकहरूबाट प्रेम प्रस्ताव आउनु, आई लभ यु भन्नु त सामान्य नै भयो। यस्तो जमात निकै ठूलो छ। एकपटक थाहै नपाई म कसैको गहिरो प्रेममा परिसकेछु। गफ त धेरै जनासँग हुन्थ्यो। खासै अनुभूति हुँदैनथ्यो तर लन्डनमा बस्ने एक जनासँग माया बसेको अनुभूति भयो। प्रत्यक्ष कहिल्यै भेटिएन तर अनलाइनमा प्रायःजसो कुरा भैरहन्थ्यो। जब श्रीमान्ले यो कुरा थाहा पाउनुभयो। हाँसेरै भन्नुभयो, 'तिमी आफैं विचार गर।' अनि म सोच्न बाध्य भएँ। त्यसभन्दा अघि बढ्नु उचित हुँदैन जस्तो लाग्यो।
१७ वर्षमै लगनगाँठो कस्नुभयो। कहिलेकाहीं चाँडै विवाह गरेछु जस्तो लाग्दैन ?
(लामो हाँसो) यदाकदा लाग्छ। मैले चिनेको तीन महिनामै उहाँसँग विवाह भयो। राम्रोसँग चिन्ने मौका पनि जुरेन। मैले घरमा पनि थाहा दिइनँ। कति चाँडो विवाह भयो जस्तो लाग्छ तर म कत्ति दुखी छैन। मलाई बुझ्ने श्रीमान् पाएको छु। उहाँकै कारण अहिले म यो स्थानसम्म आइपुगें, आफ्नै नाम छ, पहिचान छ।
नायिकाहरूको दौडमा आफू कहाँ छु जस्तो लाग्छ ?
मेरो आफ्नो बेग्लै स्थान छ। म रातारात चर्चामा आउने अनि एक्कासि हराउनेहरूभन्दा फरक छु। फेरि चर्चामा आउन जस्तो पायो त्यस्तो चलचित्रमा काम पनि गर्दिनँ। अहिलेसम्म अभिनय गरेका चलचित्रमा मेरो विविधतापूर्ण भूमिका छ।
आफ्नो सौन्दर्यलाई कसरी जोगाइराख्नुभएको छ ?
म जहिले पनि मुस्कुराइरहन्छु, खुसि हुन्छु अनि अरूलाई पनि खुसी बाँड्छु। सकारात्मक सोच राख्छु। कसैले मेरा बारेमा नराम्रो कुरा गरे भने पनि हाँसेरै टारिदिन्छु। यो नै मेरो सौन्दर्यको रहस्य हो। त्यसबाहेक खानपान, डाइट एवं शारीरिक अभ्यासमा पनि सचेत छु।

Click Here For Jharna's Movie Facebook Recap

0 comments:
Post a Comment