Breaking News
Loading...
Friday, August 3, 2012

Info Post

- गायिका इन्दिरा जोशी यतिखेर निकै उत्साही छिन् । उनले पनि स्वर दिएको एउटा विदेशी गीत अहिले यु–ट्युबमा राखिएको छ । र, त्यसलाई लाइक गर्नेहरू दिन प्रतिदिन बढ्दै छिन् । यही देखेर यी उध्रेको चोली गायिकाको उत्साह बढेको हो ।

श्रीलंकाली गायक इराज विरारत्नेको जस्ट वान क्लिक बोलको हिपहप गीतमा केही अंश नेपाली भाषामा पनि छ । जुन इन्दिराले गाएकी छन् । ‘यु–ट्युबमा राखेको केही सातामै थुप्रै मान्छेले हेरिदिनुभएको छ, यसले मलाई निकै उत्साही बनायो,’ उनले भनिन् । चलचित्रलगायत अरू पनि थुप्रै गीत गाइसकेकी इन्दिराले विदेशी गीतमा स्वर दिन पाउँदाको अनुभव निकै फरक रहेको सुनाइन् ।
इराजको आग्रहबमोजिम आफ्नो भागमा परेको अंश उनले नेपालमै रेकर्ड गराएर पठाएकी रहिछन् । सोही गीतमा जर्मनका टोनी टी र अस्ट्रेलियाका मार्कियाको स्वर पनि रहेको इन्दिराले जानकारी दिइन् । त्यसअघि कहिल्यै अन्तर्राष्ट्रिय गीतमा स्वर नदिएकाले यो गीत रेकर्ड गराउँदा आफूलाई निकै डर लागेको उनले बताइन्, ‘डराई–डराई गाएको गीतको अनुभव पनि अविस्मरणीय नै भयो ।’
पछिल्लो समय गीतको म्युजिक भिडियो पनि यु–ट्युबमा राखेपछि प्रशंसकहरू झन् बढेको अनुभव इन्दिराले गरेकी छन् । भिडियोमा उनले पनि अभिनय गरेकी छन् । भनिन् , ‘श्रीलंकाली गायकको गीत भए पनि नेपाली शब्द नै गाउन पाएकाले अप्ठ्यारो भने महसुस भएन ।’
पछिल्लोचोटि आइटम गीतहरूबाट बढी चर्चा बटुलिरहेकी उनी आफूलाई सेन्टिमेन्टल गीत गाउन मन पर्ने सुनाउँछिन् । केही समयअघि मात्र उनले एल्बम ‘डान्स विथ मी’ बजारमा ल्याएकी छन् ।
साभार:सौर्य दैनिक

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment