विश्व खेलकुदको महाकुम्भ ओलम्पिक प्रतियोगिता चलिरहेको बेलायतको लण्डनस्थित रंगशाला बाहिर महिला अधिकारकर्मीहरुले नांगिएर विरोध प्रदर्शन गरेका छन् । महिला अधिकारवादी समूह फिमेनका सदस्यहरुले ओलम्पिक कमिटीका सदस्यहरुले क्रुर इस्लामिक शासनको समर्थन गरेको विरोधमा यस्तो विरोध प्रदर्शन गरेका हुन् ।टावर बि्रज नजिकै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर टपलेस महिला प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । प्रदर्शनकारीहरुले आफ्नो नांगो छातिमा शरिया कानुन चाहिँदैन भन्ने लेखेका थिए ।
प्रदर्शनका क्रममा ४ जना टपलेस महिलालाई पक्राउ गरेपछि सुरक्षाकर्मीहरुले उनीहरुको नांगो छाति छोपिदिएका थिए ।
रक्तपिपासु तथा महिला विरोधी इस्लामिक सासकलाई अन्तराष्ट्रिय ओलम्पिक कमिटीले पनि सहयोग गरेको भन्दै फिमेनका प्रदर्शनकारी महिलाहरुले सोही विरोधमा आफुहरुले इस्लामिक म्याराथनको रुपमा टपलेस प्रदर्शन गरेको बताए ।
प्रदर्शनमा केही महिलाहरुले इस्लामिक पुरुषको पहिरन समेत लगाएका थिए ।

0 comments:
Post a Comment