Breaking News
Loading...
Tuesday, September 4, 2012

Info Post
भाद्र १९ । चर्चित बंगलादेशी लेखिका तसलीमा नसरिनले हालै एक गोप्यताको खुलासा गरेकी छिन् । जसले साहित्य जगतमा खलबली मच्चाएको छ । तसलीमाले भारतीय साहित्य एकाडेमीका अध्यक्ष सुनिल गंगोपाध्यायका उपर आफूमाथी यौनशोषण गरेको आरोप लगाएकी छिन् । समाचार वेबसाइट नवभारत टाइम्सका बमोजिम तसलीमाले आफ्नो ट्वीटरमा गंगोपाध्यायले आफूमाथी यौनशोषण गरेको खुलासा गरेकी हुन् । गंगोपाध्यायले आफू लगायत अन्य कयौं महिलाको पनि यौनशोषण गरेको उनले आरोप लगाएकी छिन् । लसलीमाले सन् १९९९ मा गंगोपाध्यायले आफूमाथी यौनशोषण गरेको दाबी गरेकी छिन् । तसलीमाको उक्त आरोपप्रति कमेन्ट गर्नेहरुले भने यौनशोषणका विषयमा यतिका वर्ष चुप लागेर बस्नुको जवाफ मागेको जनाइएको छ । समाचारका अनुसार नुजरल इस्लाम नामक व्यक्तिको एक पुस्तकमाथी भारतको पश्चिम बंगालको प्रहरीले गरेको कारबाहीप्रति तसलीमाले असहमति जनाएकी थिइन्  ।

को हुन तसलीमा नसरिन भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

0 comments:

Post a Comment