बलिउडमा डेब्यु गर्ने तयारीमा रहेकी हट मोडेल पूनम पाण्डेका लागि निकै खुसीको खबर सार्वजनिक भएको छ । खुसीको कुरा यो हो की उनको पहिलो बलिउड फिल्ममा उनका तस्वीरहरु क्यामरामा कैद गर्न हलिउडका चर्चित छायाँकार आउने भएका छन् ।
नाम जुरी नसकेको कुमार मंगतको निर्माण रहने पूनमको पहिलो बलिउड फिल्म हलिउडका चर्चित क्यामराम्यान जेम्स फोल्डस्ले छायांकन गर्ने भएका हुन् । जेम्सले अहिलेसम्म कैयौँ हलिउड फिल्मको छायांकनका साथै ३० भन्दा बढि हलिउड फिल्ममा फोटोग्राफीको निर्देशन गरेका छन् । उनले छायांकन गरेकामध्ये डार्क हन्टस्, डुप्लिसिटी तथा एब्सुलुट पावर जस्ता फिल्म सुपरहिट समेत भएका छन् ।
पूनमले अभिनय गर्ने फिल्म निर्माणमा जुटेको प्रोडक्सन कम्पनी इगल होमले वरिष्ठ दृश्य निर्देशक तथा छायाँकारलाई आफ्नो फिल्ममा भित्राउन पाउँदा गर्वानुभुति भएको बताएको छ ।
फिल्ममा पूनम पाण्डेको कामुकतालाई निकै आकर्षक ढंगले प्रस्तुत गर्न सकियोस् र दर्शकलाई चित्त बुझ्ने तरिकाले दृश्य खिचेर फिल्मलाई सुपरहिट बनाउन सकियोस् भन्ने उद्देश्यले जेम्सलाई भित्राउन लागिएको बताइउको छ ।
पूनम पाण्डे पनि आफ्नो पहिलो बलिउड फिल्मलाई लिएर निकै उत्साही छिन् र फिल्मको पूरै टिमसँग निरन्तर छलफल तथा अभ्यासमा रहेकी छिन् । यो फिल्मको शुटिङ सेप्टेम्बरबाट सुरु हुँदैछ ।
पूनमले यसअघि नै आफु आफ्नो पहिलो बलिउड फिल्ममा निकै नै बोल्ड रुपमा प्रस्तुत हुने खुलासा गरिसकेकी छिन् । नांगो तस्वीर सार्वजनिक गरिसकेकी पूनमले अब के देखाएर बोल्ड बन्ने हुन् त्यो त भन्न सकिएन । तर पूनम पाण्डे र हलिउडका फोटोग्राफर मिलेर केही तहल्का भने अवश्य मच्चाउनेछन् भन्ने आशा बलिउडका पारखीहरुको छ ।
अनलाइनखबर

Click Here To Watch Related Interview With Poonam

0 comments:
Post a Comment