१९ भदौ, युपी भारत ।
भारतको उत्तर प्रदेशस्थीत गांडा जिल्ला, मनकापुर कोटवाली क्षेत्रको अशरफपुर गाउंमा नेपाली नागरीक उमेश बहादुर मगरलाई त्यहाँका वासिन्दाहरुले चोर भन्दै कुटपिट गरी मारेका छन् ।
यहाँस्थीत जागरण पत्रिकाले जनाएअनुसार ती नेपाली मगरलाई बाहिरबाट आएको चोर भन्ने ठानी लाठी र डंडाले पिटेर मारेका छन् । उमेश मगर मोरङ जिल्ला द्रबेशा गाउँका उदय बहादुर मगरको छोरा हुन् ।
समाचारसूत्रका अनुसार उमेश मगर आफ्ना साथीहरु भरत अधिकारी, प्रेम बहादुर र पदम बहादुरको साथमा गत आइतबार टेनबाट दिल्ली जान लागेको तर पानी लिनलाई रेलबाट उत्रेका थिए, तर फर्केर आउँदा रेल छुटेपछी उनी समस्यामा परेका थिए ।
उनका साथीहरु अर्को स्टेशनमा गएर ओर्ले तर यसैबिच उमेश बिचलित हुँदै मनकापुरको अशरफपुर गाउँ पुगेपश्चात त्यहाँका बासिन्दाहरुले चोर सोचेर उनलाई पिटेका थिए ।
उमेश मगरको साथमा रहेको परिचय पत्र हेर्दा उनी नेपाली नागरीक पाइएको र उनका साथी भरत अधिकारीले प्रहरीमा उजूरी गरेको समाचारसूत्रले जनाएको छ ।

0 comments:
Post a Comment