काठमाण्डौं, २० भदौ । पार्टीभित्र र वाहिरवाट समेत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल विलासी भए भनेर चर्को आलोचना भएपछि माओवादी अध्यक्ष दाहालले अन्ततः लाजिम्पाटवाट डेरा सर्ने भएका छन् । केहि दिनमै अध्यक्ष दाहाल लाजिम्पाटवाट सर्ने तयारी गर्दैछन् । नयाँ डेरा खोज्न दाहालका स्वकिय सचिव समिर दाहाल, प्रेस संयोजक शिव खकुरेल लागिरहेका छन् । स्रोतका अनुसार अध्यक्ष दाहाल राजधानीको सिनामंगलस्थित शान्तिनगरमा डेरा सर्ने वताइएको छ । दाहालका लागी पानीपोखरी, झम्सिखेल लगायतका स्थानमा पनि डेराका लागी घर हेरिएको छ । उनी अव दुई हप्तापछि डेरा सर्ने निश्चित भएको लाजिम्पाट स्रोतले वताएको छ । केहि समयअघि काठमाण्डौंमा सम्पन्न विस्तारित वैठकमा दाहालको जिवनशैलीका वारेमा कार्यकर्तास्तरवाटै असन्तुष्टि आएको थियो । वैठकमा नेताहरुको रहनसहनका वारेमा आलोचना भएपछि माओवादीले नेताहरुको सुविधा कटौती गर्ने निर्णय गरेको थियो । यता, दाहालले आफना निजी स्वकिय सचिव पनि हेरफेर गर्ने भएका छन् । हेर्डक्वाटर पारिवारिक भएको भन्दै विवाद भएपछि उनले डेर्डक्वाटरका पदाधिकारीमा परिवर्तन गर्न लागेका हुन् ।
कोठा छ तपाईका ? कम्रेड प्रचन्डले खोज्दैछन , नेतालाई भाडामा दिन मिल्छ ?
Info Post
0 comments:
Post a Comment