Breaking News
Loading...
Tuesday, September 4, 2012

Info Post

पुण्य पि अधिकारी, विराटनगर ।
विद्यालयलाई पवित्र मन्दिर वा शान्ति क्षेत्रका रूपमा लिइन्छ । तर यही शान्ति क्षेत्रका रूपमा मानिने मोरङको महादेवास्थित एक विद्यालय भने केही दिनयता रणभूमिमा परिणत भएको छ ।
महादेवास्थित माध्यमिक विद्यालय केन्द्र नम्बर २ दुई दिनयता रणभूमिमा परिणत भएको हो ।
केन्द्रका प्रधानाध्यापक दीपककुमार सिंहले गत प्रवेशिका परीक्षामा मौका परीक्षा दिन आएकी १७ बर्षीया गन्गाई थरकी छात्रालाई गत साउन १६ गते प्रवेशपत्र लिन घरमा बोलाएर यौनदुर्ब्यवहार गरेपछि उत्पन्न भएको तनावले विद्यालय यतिखेर रणभूमिमा परिणत भएको हो ।दुर्ब्यवहारको घटनालाई घरमै मिलाउने प्रयत्न पूरा हुन नसकेपछि घटना भदौ ८ गते प्रहरी कार्यालयमा दर्ताभएपछि तनाव शुरु भएको हो । प्रअ सिंहले छात्रामथि यौन दुर्ब्यवहार गरेयता उल्टै त्यसलाई दबाउने कोशीस गरेपछि विद्यालयमा दिनहुँजसो झडप हुने गरेको छ ।
घटना विवरण अनुसार भदौ ८ गते विद्यालय पुगेका प्रअविरुद्ध विद्यार्थी र अभिभावक खनिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यसपछि प्रअ सिंहले आर्थिक प्रलोभन र धम्कीमा पारेर भदौ ११ गते पीडित परिवारलाई जवरजस्ती मिलापत्र गराएपछि घटनाले उग्र रुप लिएको छ । मिलापत्रमा प्रअले पिडित परिवारलाई २ लाख रुपैयाँ दिने सहमति भएपनि तत्काल रुपैयाँ नदिएर उधारोमा रुपैयाँ दिने भन्न थालेपछि त्यसले थप संकट निम्त्याएको छ ।सोही बिषयलाई लिएर पीडित र पिडकबीच झडप समेत भएको छ ।
दिनहुँको झडपले विद्यार्थी त्रसित भएका छन् भने पठनपाठन समेत पूर्ण रूपमा ठप्पा भएको छ । विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष अमितप्रसाद ताजपुरीयाको संयोजकत्वमा भदौ १६ गते विद्यार्थी, प्रअ र अभिभावकबीच छलफल भएपनि निष्कर्षमा पुग्न नसकेपछि अभिभावक र विद्यार्थीले विद्यालयमा तालाबन्दी घोषणा गरेयता विद्यालयमा दिनहुँ झडप हुन थालेको छ । उनीहरूले विद्यालयमा तालाबन्दी गर्न खोज्दा सोमवार र आईतवार समेत झडप भएको छ ।झडपमा एक प्रहरी र एकजना विद्यार्थी घाइते भएको अभिभावक टुलुराम राजवंशीले जानकारी दिए । राजवंशीले प्रअलाई विद्यालयमा प्रवेश रोक लगाउने र प्रअबाट निलम्बन नगरेसम्म समस्याको समाधान हुन नसक्ने दाबी समेत गरे ।

0 comments:

Post a Comment