Breaking News
Loading...
Tuesday, September 4, 2012

Info Post

काठमाडौं, भाद्र १९ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ईञ्जिनियरिङ अध्ययन संस्थानले लिएको विइ र वि आर्कको प्रवेश परिक्षाको प्रश्न पत्र परीक्षा हुनु अगाडि नै बाहिर ल्याउने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्युरोले आज पत्रकार सम्मेलन गरी सिग्मा प्रेस सानेपाका लोकेन्द्र विष्ट र सिद्धार्थ लामा सहित परिक्षार्थीहरुलाई पक्राउ गरिएको जानकारी दिएको हो ।
गत साउन २७ गते शनिबार पुल्चोक इञ्जिनियरिङ कलेजमा शैक्षिक वर्ष २०६९÷०७० को परीक्षा संचालन हुनु अघि नै फेसबुकमा समेत प्रश्न पत्र सार्वजनिक भएको थियो । परीक्षार्थीहरुले १५ देखि ५० हजार रुपैयाँमा प्रश्नपत्र खरिद गरेको देखिएको प्रहरीले जनाएको छ ।

गत साउन २८ गते प्रश्न पत्र पढेको अडियो क्लिप फेसबुकमा समेत भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । साउन २६ गते अमित कुमार यादव र राम विनय मण्डल लगायतले शिव सागर यादवले विइ र वि आर्कको प्रश्नपत्र आफुसँग रहेको भन्दै १५ हजार माग गरेको प्रहरीले जनाएको छ । प्रशिक्षार्थी मदन मण्डलले वीरेन्द्र साहलाई ५० हजार दिएर प्रश्न पत्र किनेको समेत प्रहरीले जनाएको छ ।
राजीव चौलागाई, राम विनय मण्डल लगायतले प्रश्न पत्र मोबाइलबाट खिचेको र राज विनयले प्रश्नपत्र राजकुमार राउतलाई फोन गरी सुनाएपछि राउतले भ्वाइस रेकर्डर तयार पारी करन चौरसियालाई दिएको र चौरसियाले आफ्नो फेसबुक मार्फत सो भ्वाउस रेकर्ड र मोबाइलबाट खिचेको प्रश्नपत्र अपलोड गरी अन्य प्रशिक्षार्थीहरुलाई उपलब्ध गराएको प्रहरीले जनाएको छ । हाल पक्राउ परेका १४ जनालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर हनुमानढोका चलान गरिएको छ ।

0 comments:

Post a Comment