 अंगालो यो मायाको फिल्मबाट रजतपटमा पाईला चालेकी नायिका हर्षिका श्रेष्ठको सपना थियो तोरी बारीमा साडी उडाउने । उनको यो सपनालाई फिल्म 'जन्जिर' ले पूरा गरिदिएको छ ।
अंगालो यो मायाको फिल्मबाट रजतपटमा पाईला चालेकी नायिका हर्षिका श्रेष्ठको सपना थियो तोरी बारीमा साडी उडाउने । उनको यो सपनालाई फिल्म 'जन्जिर' ले पूरा गरिदिएको छ ।केहि दिन गाडी मात्र सुटिङ सम्पन्न भएको शोभित बस्नेत निर्देशित फिल्म 'जन्जिर' ले हर्षिकाको सारी उडाउने सपनासँगै आर वन फाईभ बाईक चढेर एक्सन गर्ने सपना पनि पूरा गरिएको छ । जाडोको मौसममा तोरी बारीमा साडी उठाउँदा निकै गार्हो भए पनि खुसी भएको उनी बताउँछिन् । जन्जिरमा आफ्नो भुमिकाको बारेमा फिल्मीखबरलाई प्रस्टाउँदै हर्षिकाले भनिन्, 'यो फिल्ममा म एक्सनसँगै कमेडी भुमिका पनि निर्वाह गरेकी छु जुन मलाई गर्न निकै कठिन थियो ।'
केहि दिनमा नागबेली फिल्ममा व्यस्त हुने तयारी गरेकी हर्षिकाले आफूलाई मन परेको र गर्न मन लागेको भुमिका भने आक्रान्त फिल्मले पूरा गर्ने बताईन् । प्रमोद भण्डारीले निर्देशन गर्ने भनिएको आक्रान्तमा हर्षिका मुख्य भुमिकामा देखिंदैछिन् । उक्त फिल्म नारी प्रधान रहेको हर्षिकाको भनाई छ । प्रमोदकै नतिजा फिल्ममा निकै हट सिन दिएकी हर्षिकाले सिमोस सुनुवारको मिसन पैसा रिलोडेडमा पनि अभिनय गरेकी छिन् ।
हर्षिकालाई लभर गर्लबाट एक्सन गर्ल बनाएको फिल्म जन्जिरलाई करण श्रेष्ठ, मोहनकृष्ण श्रेष्ठ, राजेश खड्गी, दावा लामा र गौतम मुखर्जीले मिलेर निर्माण गरेका हुन् । फिल्ममा हर्षिकाको साथमा जयकिशन बस्नेत, रिया श्रेष्ठ, सुष्मिता शाही लगायतका कलाकारको अभिनय रहेको छ ।
 
0 comments:
Post a Comment