Credit:OnlineKhabar
छोटा लुगाले प्रियंकालाई मञ्चमै सास्ति !
Info Post
गर्मीमा छोटा कपडा लगाएर सार्वजनिक कार्यक्रममा देखिनु त सामान्य नै हो । तर पुस महिनाको जाडोमासमेत छोटा पहिरनमा देखिँदा नेपाली सिनेमाका नायिकाहरुले सास्ति नै बेहोर्नु परेको छ ।चलचित्र कलिउड कि नायिका प्रियंका कार्कीले पनि पत्रकार सम्मेलनमा यस्तै सास्ति बेहोर्नु पर्यो । पुस महिनाको जाडोमा छोटो पहिरनमा देखिएकी पि्रयंकामाथि सुरुमा धेरैको नजर गडेको थिएन् । तर जब उनी अन्य अतिथी जस्तै मञ्चमा पुगिन्, यसपछि उनलाई क्यामेराले पिछा गर्न थाले । छोटो फरिया घरिघरि पछि सर्दा उनलाई सम्हाल्न निकै सास्ती परेको प्रष्टै देखिन्थ्यो ।भित्री बस्त्र देखिएला र क्यामेराको गिद्दे नजर पुग्ला भनेर होला प्रियंकाले बिषयवस्तुमा भन्दा आफ्नै अंग सम्हाल्न बढि ध्यान दिनुपर्यो । स्थीति नियन्त्रणमा आउने सम्भावना कम हुँदै गएपछि उनले साथीसँग खरानी रंगको कोर्ट मागिन् र आफुलाई ‘लो एंगल’को शिकार हुनबाट आफैलाई बचाइन् ।छोटो पहिरनमा ध्यान नदिंदा बलिउड तथा हलिउडका नायिकाको भित्री बस्त्र देखिएका तस्बिरहरु थुप्रै पटक सार्वजनिक भएका छन् । सायद प्रियंकालाई पनि त्यही डरले सताएको हुनसक्छ ।

0 comments:
Post a Comment