Breaking News
Loading...
Tuesday, January 1, 2013

Info Post

टेलिफिल्म हुँदै फिल्मकी हिरोईन बनेकी सौजन्य सुब्बा आजबाट २९ बर्ष पुरा भएकी छिन् । न्यू ईयर ईभको रौनकसंगै उनले यस पटकको बर्थ डेलाई स्पेशल बनाउने तयारी गरिरहेकी थिईन् तर घरमा जुठो परेपछि उनका सम्पूर्ण प्लानहरु क्रयास भएका छन् ।

सौजन्यले यो बर्थडेमा बुद्धीलाल बाल आश्रम बौद्धमा रहेका करिब १५० बालबालिकाहरुसंग पुरा दिन विताउने तयारी गरेकी थिईन् जुन तयारी घरमा जुठो परेपछि केही दिनका लागि रोकिएको छ । 'एक महिना देखि बर्थ डेको मौकामा आश्रमका बालबालिकासंग दुःख सुख साट्ने योजना बनाएकी थिएँ तर जुठोका कारण रोकियो, त्यसैले जुठोबाट चोखिना साथ त्यहाँ जान्छु र आफूले सक्ने सहयोग गर्नेछु',  सौजन्यले भनिन् ।

बास्तविक उमेर उनको के कति हो त्यसमा भने आधिकारिकता छैन तर उनी भन्छिन्- '२०४० सालमा म जन्मिएको हुँ ।' उनी जन्मदा पनि आमासंगको घटना अबिष्मरणिय थियो रे  ! उनले भनिन्- 'म जन्मिएकै दिन मेरो मम्मी स्वर्गीय अवस्थामा पुग्नु भाथ्यो तर आर्यघाट लाने तयारी गरिरहदा उहाँको होस खुल्दा सारा गाँउले अचम्ममा परेका थिए ।'

६ महिना भित्र  बिहे गर्ने तयारी समेत गरिरहेकी उनी टेलिफिल्ममा जस्तो फिल्मलाईनमा जम्न सकेकी छैनन् । यध्यपी उनले खेलेको स्वाभिमान यहि माघ ७ देखि रिलिज हुँदैछ भने 'फ्रेण्डस लभ' र उडिसा नगरीको फिल्म 'नेशनल हाईवे' रिलिजको तयारीमा छन् ।

0 comments:

Post a Comment