कुनै बेलाका नेपाली फिल्मका चर्चित अभिनेता निखिल उप्रेती अहिले मुम्बईमा नै संघर्ष गर्दैछन् जसले गर्दा उनी नेपालबाट लगभग गुमनामको अवस्थामा छन् । उनले अभिनय गरेका फिल्म पनि रिलिज भएर सकिन लागेका छन् ।फिल्मीखबरलाई दिईएको जानकारी अनुसार यहि शुक्रबार क्यू सिस्टमबाट रिलिज हुन लागेको फिल्म 'आफ्नै मनलाई सोधी हेर' निखिलले अभिनय गरेको अन्तिम फिल्म हो । सुटिङ धेरै समय अगाडी भए पनि क्यू सिस्टमबाट यो फिल्मले बल्ल पालो पाएको हो । सुनगाभासँगै रिलिज हुन लागेको यो फिल्म मोफसलमा भने पौष २७ गते लाग्ने बताईएको छ ।
आरती इन्टरनेशनल फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको प्रेम कथानक यो फिल्मलाई रमेश पोखरेलले निर्देशन गरेका हुन् । निखिल उप्रेती, सुरज आरडी, राज तिमल्सिना, शोभिता सिंखडा, जिया केसी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको यो फिल्ममा बसन्त सापकोटाको संगीत, रामेश्वर कार्कीको छायाँकन, शिब बिकको नृत्य र द्धन्द्ध शंकर मर्हजनको रहेको छ ।
0 comments:
Post a Comment