Breaking News
Loading...
Tuesday, January 1, 2013

Info Post

ग्ल्यामर नेपाल डट कम, पुस १७ -  विश्वकै सेक्सी डीजे भनेर  चिनीएकी सुन्दरी मारि फरारीले नेपाल चिनीनन् । नेपाल तताउन भन्दै सोमबार पहिलो पटक नेपाल आएकी फरारीले नेपाल आउनु पुर्ब आफ्नो ट्वीटर र फ्यान पेजमा आफू पहिलो पटक तिब्बत नेपालमा आफ्नो प्रस्तुती देखाउन जान लागेकि लेखेकी छन् । उनको यो बाक्याले प्रस्ट हुन्छ की उनले नेपाल चिनेकी छैनन् । फरारीले यस अगाडी आफ्नो ट्वीटर र फ्यान पेजमा माउण्ट एभरेष्टको देशमा न्यू इयर इभ मनाउन आउँदैछु भनेर लेखेकी थिइन् । जसका कारण नेपाली फ्यानहरु उनि प्रति निकै प्रसन्न भएका थिए । तर उनले फेरी आफू पहिलो पटक तिब्बत नेपालमा आफ्नो प्रस्तुती देखाउन जान लागेका लेखेर नेपाली फ्यानलाई  दुखी बनाइन् ।


युरोपका पार्टीहरुमा निकै कम लुगा लगाएर डीजेइङ गरेकाले छिट्टै चर्चा कमाएकी यी सुन्दरीले  सोमबार रातिदेखि मंगलबार बिहानसम्म ह्यात होटलमा डिजेइङ गरिन् । नयाँ वर्षको स्वागत गर्न जर्मनीबाट आएकी डिजे मारी फरारीलाई मंगलबार बिहानसम्म तन्नेरीले साथ दिए ।  उनलाई भारतीय डिजे हरसितले पनि साथ दियका थिय ।सन् २००७ देखि डिजेइङ सुरु गरेकी फरारीले आफ्नो कामुक प्रस्तुतीका कारण व्यस्त डीजेको पंक्तीमा उभिएकी छन् भने बिस्वमा उनको चर्चा दिन प्रतिदिन बढ्दै छ । युरोप र अमेरिकाका चर्चित क्लबमा हाउस म्युजिक विधामा डिजेइङ गरेकी मारीसँग फेसन टीभी, प्लेवाई म्यागाजिन, फरमुला वान (दुबही) लगायत विशेष कार्यक्रम डिजेइङ गरेको अनुभव छ ।

0 comments:

Post a Comment