कलाकार र पत्रकार हुन खासै पढेको हुनुपर्दैन भन्ने कथन धेरै नै सुनिदै आएको छ । त्यसमा पनि फिल्म इन्डस्ट्रीमा त पढाई नै नभए पनि हुन्छ भन्दा फरक नपर्ला । यो नेपालको मात्रै समस्या भने होइन । बलिउडमा पनि शैक्षिक योग्यता शुन्य भएका र ग्र्याजुएट पनि नगरेका कलाकारहरु स्टार बनेका छन् भन्दा तपाईलाई बिश्वास नलाग्ला । तर यो तितो बास्तविकता हो ।आउनुहोस जानौं बलिउडमा प्रख्यात कुन स्टारले कति पढेका छन् :
सलमान खान : दबंग र वान्टेडस्टार, बडीगार्ड हिरो सलमानले ग्वालिएरको सिन्धिया स्कूल बाट बन्द्राको सेन्ट स्टेनलौस स्कूल हुँदै हाई स्कूल सम्मको पढाई पुरा गरे । त्यसपछी बान्द्रामा नेशनल कलेजमा भर्ना त गरे तर ११ को परिक्षा नै नदिएपछि उनको शैक्षिक योग्यता पनि १० कक्षा पास मात्र हुन पुग्यो ।
कैटरिना कैफ : कैटरिना लण्डनमा बस्नुभन्दा अगाडी आफ्नो बाल्यअवस्थामा आफ्नो परिवारको साथमा चिन, जापान, फ्रान्स, स्विट्जर्ल्याण्ड, पोल्यान्ड, जर्मनी, बेल्जियम लगायत कयौं देशमा बसिन । यसरि निरन्तर बसाईं सराइको कारणले स्कूल कलेजमा उनको पढाई खासै हुन सकेन । उनको शिक्षा सम्पूर्ण रुपमा घरमा नै भएको हो । लण्डनमा तिन बर्षको बसाईको दौरान उनले मोडलिंग सुरु गरिन । त्यसपछी भारत आएर हिन्दी चलचित्र ‘बूम’बाट आफ्नो फिल्मी करियर सुरु गरिन । त्यसैले गर्दा उनीसंग कुनै शैक्षिक योग्यताको प्रमाणपत्र छैन यसरि उनको शैक्षिक योग्यता जिरो छ ।
करिश्मा कपूर : १९९०को दशकमा टप स्टारमा पर्न सफल करिश्माको पनि पढाइमा भने हात लग्यो शुन्य नै छ । पढाइको मामलामा कैटरिना पछी दोश्रो कम शिक्षित नायिकामा पर्छिन करिश्मा । यिनले खाली पाँच कक्षासम्म मात्र पढेकी छिन । छ कक्षाको पढाई चल्दा चल्दै पढाई छोडेकी यी हिरोइनले १७ बर्षको कलिलो उमेरमै चलचित्र ‘प्रेम कैदी’बाट आफ्नो एक्टिंग करियर सुरु गरिन ।
ऐश्वर्या राय : बच्चन परिवारकी बुहारी र पुर्व मिस वर्ल्ड ऐश्वर्या राय बच्चन पनि अन्डरग्र्याजुएट छिन । जयहिन्द कलेजमा एक बर्षको पढाईलगत्तै आर्किटेक्चर पढ्नकै लागि रहेजा कलेजमा भर्ना गरेकी उनले पढाईलाई गोलि मार्दै मोड्लिंग र सौन्दर्य प्रतियोगिताहरुलाई समय दिन थालेकी थिईन र मिस वर्ल्ड पनि भईन । तर उनि पढाइमा भने अन्डरग्र्याजुएटको सर्टिफिकेटमै चित्त बुझाउन बाध्य भईन ।
परिणीति चोपडा : यी हिरोइनले पनि ग्र्याजुएट गरेकी छैनन् । यद्यपी उनीसंग प्रोफेशनल कोर्सको डिप्लोमा भने छ । ‘कन्वेंन्ट अफ जिसस एंड मेरी स्कूल’बाट स्कूलको पढाई सकेपछी उनले लण्डनको ‘म्यान्चेस्टर बिजनेस स्कूल’ मा भर्ना गरिन र पढाई समाप्त गरेर ‘यशराज फिल्म्स’मा मार्केटिंग तथा पिआर कन्सल्टेन्टको रुपमा कम गरिन । यसै क्रममा उनलाई ‘लेडिज भर्सेज रिक्की बहिल’मा एक्टिंग गर्ने मौका मिल्यो । यसरि उनि पनि ग्र्याजुएट नभएकी नायिकामा पर्छिन ।
रणबिर कपुर : कपूर खानदानमै सबैभन्दा धेरै शैक्षिक योग्यता भएका यिनको पनि ग्र्याजुएट कटेको भने छैन । एचआर कलेजमा दुइ बर्षको पढाईपछी न्यूयोर्कमा एक्टिंग ट्रेनिंगको लागि गएका यिनी फर्केर पढाई छोडेर फिल्ममा लागे ।
प्रियंका चोपडा : बलिउडका कयौं चर्चित अनुहारमध्येकी यी नायिकाले लखनउ, बरेली र अमेरिकामा समेत गरेर हाई स्कूलसम्मको मात्रै पढाई गरेकी छिन । ‘मिस वर्ल्ड’को ताज जितेपछि फिल्म इन्डस्ट्रीमा प्रवेश गरेकी यिनले मुम्बईको जयहिन्द कलेजमा भर्ना गराए पनि पढाई भने अगाडी बढाउन सकिनन ।
कंगना रणावत : देहरादुन स्कुलमा पढाई सकिएलगत्तै उच्चशिक्षाको लागि दिल्ली गएकी उनले कलेजको साटो मोड्लिंग स्कुलमा भर्ना गराइन र मोड्लिंगको सहारामा फिल्ममा आइन । यसप्रकार उनको शैक्षिक योग्यता १० कक्षा पास मात्रै हो ।
आमिर खान : जिनियस इडीयट आमिर खान पढाईको मामलामा खासै राम्रो बिद्यार्थी रहेनन । यिनी सदैब औसत बिद्यार्थी रहे र मुम्बईको नरसि मोनाजी कलेजबाट जसोतसो १२ कक्षासम्मको पढाई पुरा गरे । त्यसपछी पढाइलाई लात मार्दै उनि आफ्ना काका नासिर हुसैनका असिस्टेन्ट भएर फिल्मी यात्रा सुरु गरे ।
बिपाशा बसु : कमर्सबाट १२ पास गरेर चार्टर्ड एकाउन्टेन्टको तयारी गर्दै गरेकी बिपाशालाई एकाएक मोड्लिंगको अफर आयो । जसले गर्दा उनि पढाई छोडेर अभिनय यात्रामा लागिन । त्यसैले यिनको शैक्षिक योग्यता १२ पास मात्र हुन पुग्यो ।
अक्षय कुमार : मुम्बईको डन बस्को स्कूलको पढाई पुरा गरेर खालसा कलेजमा भर्ना गराएका यी हिरोको रुची खेलकुदमा हुनाले गर्दा यिनले आफ्नो पढाइलाई अधुरै छोडेर मार्शल आर्ट सिक्न बैंकक गए । बैंककबाट इंडिया आएपछी यिनले फिल्मी क्षेत्रमा पाईला राखे । त्यसैले यिनको शैक्षिक योग्यताले पनि ग्र्याजुएटलाई भेट्न सकेन ।
अभिषेक बच्चन : सुपर स्टार अमिताभ बच्चनको छोरा र पुर्व मिस वर्ल्ड ऐश्वर्या रायको श्रीमान अभिषेक बच्चनको शैक्षिक योग्यताले पनि ग्र्याजुएटलाई भेट्टाउन सकेन । दिल्लीको मोडर्न स्कूल मुम्बईको बम्बे स्कटिश स्कूल र स्विट्जरल्याण्डको एग्लोन कलेजमा पढिसकेपछि उनले बोस्टन युनिभर्सिटीमा भर्ना गराए पनि ग्र्याजुएसनको पढाई अधुरै छोडेर हिरो बन्न मुम्बई आए । यसकारण उनको पढाई पनि अन्डरग्र्याजुएसनमै सिमित भयो ।
इमरान खान : मुम्बईमा बम्बे स्कटिश स्कुलमा पढिसकेपछि इमरानले सेन्ट जेभियर्स कलेजमा भर्ना गराए पनि उनले त्यहाँ पढाई भन्दा रोमान्सतर्फ बढी ध्यान दिए । सेन्ट जेभियर्समा भेट भएकी अवन्तिका जो उनकी पत्नी हुन, संगको रोमान्स पनि चर्चित रह्यो कलेजमा । खैर उनले क्यालिफोर्नियाबाट हाईस्कूलसम्मको पढाई भने पुरा गरेका छन् ।
सैफ अलि खान : यिनी पनि कुनै डिग्रीहोल्डर बन्न सकेनन । इंग्ल्यान्डको लकर्स पार्क स्कूलको पढाई सकेर विंचेस्टर कलेजमा भर्ना गरे पनि पढाई अधुरै छोडेर दिल्ली फर्केपछि उनकी आमा शर्मिला टेगोरले उनलाई मुम्बईमा गुलजारकोमा पठाइदिइन । त्यसैले उनको पनि शैक्षिक योग्यतालाई हाई स्कूल सम्मको मात्र हो भन्दा कुनै फरक पर्दैन ।
अनुष्का शर्मा : ब्यांग्लोरमा माउन्ट कार्मल कलेजमा पढाईकै दौरान फेशन शोज र प्रोडक्ट्सको लागि मोड्लिंग गर्न थालेकी उनले पढाइलाई निरन्तरता दिन सकिनन । यद्यपी जसरि पनि ग्र्याजुएसन गर्ने सोचमा रहेकी अनुष्कालाई ‘रब ने बना दी जोडी’ मा ब्रेक मिलेपछि उनले पढाइलाई गोलि मारिन । यसरि उनले पनि अन्डरग्र्याजुएसनको सर्टिफिकेट मात्रै हात परिन ।
0 comments:
Post a Comment