‘यम्ला पग्ला दिवाना’को पनि सिक्वेल बन्ने, अगामी जुनमा प्रदर्शन हुने
Info Post
हिट फिल्महरुको सिक्वेल आउनु अब कुनै नौलो कुरा भएन । अहिले बजारमा सिनेमाको सिक्वेलकै जगजगी रहेको छ । यस्तैमा अघिल्लो बर्ष हिट कमेडी फिल्मको सुचिमा सुचिकृत हुन सफल प्रेममा आधारित कमेडी फिल्म ‘यम्ला पग्ला दिवाना’मा आफ्ना दुइ छोराहरुका साथमा देखा परेका धर्मेन्द्र फेरी पनि आफ्ना दुइ छोराहरुसँगै देखा पर्ने भएका छन । ‘यम्ला पग्ला दिवाना’को सिक्वेल ‘यम्ला पग्ला दिवाना-२’ आगामी जुन महिनामा प्रदर्शनमा आउने चर्चाले अहिले बलिउड तातेको छ ।
‘यम्ला पग्ला दिवाना’मा जस्तै दोस्रो भागमा पनि अभिनेता धर्मेन्द्रका साथमा उनका छोराहरु सन्नी देओल र बबी देओलको मुख्य भूमिका रहेको छ भने फिल्मको नायिकामा नेहा शर्मा र नवनायिका क्रिस्टिना अखिवालाई लिइएको छ । पहिलो भाग निर्देशन गरेका निर्देशक समिर कार्णिकलाई भने यसपाली संगित सिवानले रिप्लेस गरेका छन ।
हालै लण्डनमा लामो सुटिंग सकाएर फर्किएका धर्मेन्द्रका अनुसार फिल्मको एक तिहाई लण्डनमा सुटिंग गरिएको छ भने बाँकि भाग मुम्बईमा गरिने छ धर्मेन्द्र भन्छन ‘यम्ला पग्ला दिवाना-२’ले पूर्ण रुपमा दर्शकहरुलाई मनोरंजन प्रदान गर्नेछ र यो फिल्म अघिल्लो भाग ‘यम्ला पग्ला दिवाना’ भन्दा पनि उत्कृष्ट र हिट हुनेछ ।
स्मरणीय छ यसभन्दा अघि पनि धर्मेन्द्रले आफ्ना दुइ छोराहरुसंग एउटै फिल्ममा काम गरिसकेका छन् । हिन्दी फिल्म ‘अपने’मा तिनै बाबु-छोराहरुले एकैसाथ काम गरेका थिए ।

0 comments:
Post a Comment