दुई समलिंगी महिलासँग निखिलको भिडन्त
Info Post
दुई समलिंगी महिलाको कथामा बनेको फिल्म 'सुनगाभा- डान्स अफ दि अर्किड' भोली शुक्रबारबाट देशभरका करिब साढे दुई दर्जन हलहरूमा लाग्दैछ । यता यो फिल्मसँग राजधानीमा हलमा 'आफ्नै मनलाई सोधी हेर' ले प्रतिष्पर्धा गर्नेछ ।
निशा अधिकारी र दिया मास्केको मुख्य भुमिका रहेको सुनगाभालाई सुवर्ण थापाले निर्देशन गरेका हुन् । विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा सहभागीता जनाइसकेको यो फिल्मको हिजो बिहिबार हेटौंडामा च्यारिटी गरिएको थियो । फिल्म हेरेपश्चात दर्शकहरूले राम्रो प्रतिक्रिया दिएको निर्देशक थापाले फिल्मीखबरलाई जानकारी गराए । जनवरी ३ देखी १३ तारिखसम्म चल्ने क्यालिफोर्निया स्टेटको 'पाल्म स्प्रिङ इन्टरनेशनल फिल्म फेस्टिभल’ मा यो फिल्मलाई जनवरी १२ तारिखका दिन देखाईने छ ।
निखिल उप्रेतीले अभिनय गरेको अन्तिम फ्रेस फिल्मको रूपमा भोलीबाट राजधानीमा क्यू सिस्टम अर्न्तगत रमेश पोखरेलले निर्देशन गरेको फिल्म 'आफ्नै मनलाई सोधी हेर' लाग्नेछ । आरती इन्टरनेशनल फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको प्रेम कथानक यो फिल्ममा सुरज आरडी, राज तिमल्सिना, शोभिता सिंखडा र जिया केसीको पनि मुख्य भुमिका रहेको छ ।

0 comments:
Post a Comment