जिउ भरी बाक्ला रौँ भएका असामान्य मान्छे त हामीले देखेकै छौँ ।
तर के तपाइँले जिउभरी नै नङ भएका मान्छे देख्नुभएको छ । सायद छैन होला ।
त्यसैले यो समाचार पढ्दा तपाइँलाई अचम्म लाग्नसक्छ ।
हो अमेरिकाकी एक महिला यस्ती छिन् जसको सरीरै भरी नङै नङ पलाएका छन् ।
टेनेसी राज्यमा बस्ने सानिना आइजोमको सरीरको छालालाई नङ जस्ता कत्लाले ढाकेको छ ।
छालामा रौँ को साटो नङ पलाएकी सानिनाको यस्तो रोग देखेर डाक्टर पनि अचम्ममा परेका छन् । आखिर यो कस्तो रोग हो ? र यसको उपचार कसरी गर्ने ? भन्ने विषयमा नै चिकित्सकहरु अन्योलमा परेका छन् । उनको उपचार गर्दागर्दै परिवार टाट पल्टिएको छ र लाखौँ डलर ऋण लागिसकेको छ ।
विश्वविद्यालयमा कानून विषय पढेकी यी २८ वर्षे युवतीलाई सन् २००९ मा एक्कासी सरीर चिलाउने समस्या देखा परेसँगै छालामा रौँ को ठाउमा नङ पलाएका हुन् ।

0 comments:
Post a Comment