Breaking News
Loading...
Saturday, December 1, 2012

Info Post

एटिएममा उत्तेजक दृश्य दिएको काम लागेन है ?

चलचित्रको प्रदर्शनमै रोक लागेपछि काम लागेन नै भन्नुपर्‍यो। वास्तवमा त्यही हट दृश्यकै कारण चलचित्र चर्चामा थियो।

पहिलो चलचित्रमै नायकसँग टङ किस गर्दा अप्ठ्यारो लागेन ?

चलचित्रको कथामै नायकसँग टङ किस गर्नुपर्ने दृश्य समावेश भएकाले त्यो दृश्यमा अभिनय गर्नुपर्ने बाध्यता थियो। सुरुमा अप्ठ्यारो नलागेको  होइन, तर पछि अभिनय नै हो भनेर गरेँ।

दुई मिनेट लामो चुम्बन दृश्यले सविनाको करियरलाई फाइदा पुर्‍यायो कि पुर्‍याएन ?

नायिकाका रूपमा जुन चर्चा पाएँ, त्यो हिसाबले फाइदा नै पुर्‍याएको छ, तर मानिसहरूले गलत नजरले हेर्दा बेफाइदा पनि पुर्‍याएको छ।

वास्तविक जीवनमा टङ किसको अनुभव छ कि छैन ?

चलचित्रका लागि त्यस्तो दृश्य दिएकी युवतीले वास्तविक जीवनमा अनुभव गरेको छैन भन्यो भने कसैले पत्याउँछ होला ?

यौनलाई कसरी परिभाषित गर्नुहुन्छ ?

हरेक वयष्क प्राणीलाई आवश्यक एउटा प्राकृतिक प्रक्रिया हो। हाम्रो समाजमा विवाहपछि मात्रै यस्तो सम्बन्धलाई मान्यता दिइएको छ।

0 comments:

Post a Comment