Breaking News
Loading...
Saturday, December 29, 2012

Info Post
नेपालमा पछिल्लो समय बढ्दै गएको महिला हिंसाबिरुद्धको आन्दोलनमा सेलिब्रेटीहरुको समेत साथ मिलेको छ । शनिबार बिहान १० बजेदेखी ११ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटरमा धर्ना दिन पुगेका महिला अधिकारकर्मीहरुसँगै सेलिब्रेटीहरु पनि उभिएका छन् । धर्नामा नायिका नम्रता श्रेष्ठ, पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, कलाकार रेमनदास श्रेष्ठ, नायक कर्मा लगायतको उपस्थिती थियो । उनीहरुले नेपालमा बढ्दै गएको महिलाहिंसा तत्काल रोकी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।पछिल्ला केही दिनमा मात्र नेपालमा आधादर्जन यस्ता खालका हिंसा भैसकेका छन् । वाराकी विन्दु ठाकुर र बर्दियाकी शिवा हास्मिलाई जिउदै जलाएर हत्या गरिनु, एयरपोर्टमा लुटिएकी एक युवतीलाई सरकारी कर्मचारीबाट नै बलात्कार गरिनु जस्ता घटनाले महिलाहरु दिनप्रतिदिन असुरक्षित हुदै गएको देखिन्छ ।

0 comments:

Post a Comment