Breaking News
Loading...
Saturday, December 29, 2012

Info Post

सन् २०१२ बलिउडका लागि सुखद बन्यो । यो बर्ष १ सय २६ हिन्दी सिनेमा प्रदर्शनमा आएका छन् । तर बलिउड स्टारहरुले अभिनय गरेका सिनेमाले मात्र १ सय करोडको क्लबमा आफुलाई उभ्याए । जसले गर्दा पनि बलिउड व्यापारीक रुपमा निक्कै माथी उक्लियो । बलिउडका स्टारहरुले अभिनय गरेका सिनेमाले १ सय करोडको व्यापार गर्नु सामान्य जस्तै बनेको छ । बलिउडमा यो बर्ष कस कसको राज चल्यो त, आउनुहोस् उत्कृष्ट १० नायक र उक्त नायकको २०१२ कस्तो रह्यो, यसको समिक्षा गरौं ।१. सलमान खानः  यो बर्ष सबैभन्दा भाग्यमानी नायकको रुपमा सलमान खान दहरिए । उनले अभिनय गरेका २ सिनेमाले बक्स अफिसमा कमाल मच्चाएपछि सलमान पैसा छाप्ने मेसिन जस्तै बने । उनले अभिनय गरेको ‘एक था टाइगर’ले अधिकांश रेकर्ड तोड्दै १ सय ९९ करोडको व्यापार गर्‍यो । यस्तै, यो बर्षको अन्त्यमा प्रदर्शनमा आएको ‘दबंग २’ ले समेत आफुलाई १ सय करोडको क्लबमा ६ दिनमा नै उभ्याइसकेको छ । सिनेमा चल्नका लागि कथावस्तु, निर्देशक र नायिका भन्दा पनि सलमानको नाम बिक्यो यो बर्ष ।२. साहरुख खान :  बलिउडमा बादशाह, किङ खान जस्ता उपाधी पाएका साहरुखले यो बर्ष पनि आफ्नो बर्चस्वलाई डगमगिन दिएनन् । उनले अभिनय गरेको एक मात्र चलचित्र ‘जब तक हे जान’ले भारतमा ‘सन अफ सरदार’सँगको भिडन्तका बाबजुत पनि १ सय २२ करोड माथीको व्यापार गर्‍यो । उनी यो बर्ष भारतमा मात्र नभई ओभरसिजका समेत किङको रुपमा उदाए । ‘जब तक हे जान’ले ओभरसिजमा सम्पूर्ण रेकर्ड तोड्दै आफुलाई अग्रपंक्तिमा उभ्यायो । यसले साहरुखको अघि ओभरसिजमा अन्य नायकको उपस्थितीलाई फिक्का बनाइदियो । यसैबर्ष उनले मोरक्को, मलेसिया सरकारबाट समेत सम्मान थापे । साहरुखलाई युनेस्कोले च्यारेटीमा योगदान पुर्‍याएबापत पुरस्कृत पनि गर्‍यो । ३. अक्षय कुमारः बलिउडमा खेलाडीको उपनामले चिनिएका अक्षय कुमारले अभिनय गरेका ‘हाउसफुल २’, ‘राउडी राठोर’, ‘ओ माइ गड’, ‘जोकर’ र ‘खेलाडी’ ७८६ गरी ५सिनेमा प्रदर्शनमा आए । जसमध्ये ‘राउडी राठोर’ले १ सय ३५ करोडको व्यापार गर्‍यो । ‘जोकर’ व्यापारीक रुपमा असफल भएपनि अक्षयको करिअरलाई कुनै असर परेन । यो बर्षको अन्तिम महिनामा प्रदर्शनमा आएको खेलाडी ७८६ पनि सय करोड नजिक पुगिसकेको छ ।

४. अजय देवगन : बलिउडमा अजय देबगन सदाबाहार नायकको रुपमा चिनिन्छन् । यो बर्ष उनले अभिनय गरेको ‘बोल बच्चन’ र ‘सन अफ सरदर’ले १ सय करोड माथीको व्यापार गर्‍यो । दिवालीमा साहरुख खान अभिनित जब तक हे जानसँग जुध्नु परेतापनि अजयको ‘सन अफ सरदार’ले सय करोड माथीको व्यापार गरेको थियो । यसैले पनि उनी सिंगल थिएटरका दर्शकमाझ लोकपि्रय रहेको बताइन्छ ।
५. ऋतिक रोशन : नायक ऋतिक रोशनका लागि यो बर्ष सर्वाधिक फाप्यो । उनले अभिन गरेको एक मात्र चलचित्र ‘अग्निपथ’ व्यापारीक रुपमा सफल भएपछि उनको चर्चा पनि चुलियो । यो सिनेमाले भारतमा एकैदिनमा सबैभन्दा धेरै व्यापार गर्ने सिनेमाको रेकर्ड समेत बनायो ।
 ६. रणबिर कपुरः गतबर्ष रकस्टारमा भिन्न खालका भूमिका निर्वाहा गरेर चर्चा पाएका नायक रणबिर कपुर यो बर्ष ‘बफिर्’ मार्फत उदाए । ‘बफिर्’मा उनले गरेको अभिनयको सर्वत्र चर्चा भयो । रणबिर बलिउडका युवा नायकमा सर्वाधिक चर्चित नायकको रुपमा चिनिन्छन् । चलचित्र ‘बफिर्’ले सय करोड माथीको व्यापार गरेपछि उनको चर्चा मात्र चुलिएन पारिश्रमीक पनि चुलियो । यस्तै उनी युवती र नायिकाहरुसगको सम्वन्धका कारण पनि चर्चित छन् ।
७. सेफअलि खानः चलचित्र ‘एजेन्ड बिनोद’ असफल भएपनि नायक सैफअलि खानको चर्चा यो बर्ष रोकिएन । उनले अभिनय गरेको चलचित्र ‘ककटेल’ले व्यापारीक रुपमा सफलता हाँशिल गरेपछि उनी चर्चित बने । यतिमात्र होइन नायिका करिना कपुरसँग विवाह बन्धनमा बाधिएकाले पनि उनको यो बर्ष चर्चा चलि नै रह्यो ।८. आमिर खानः चलचित्र ‘तलाश’ व्यापारीक रुपमा सफल मानिए पनि आशा गरेअनुसारको चल्न सकेन । ३ बर्षपश्चात पर्दामा देखिएका नायक आमिर खानले प्रतिक्षालाई चुम्न सकेनन् । चलचित्रले सय करोडको व्यापार गर्न नसकेपछि आमिर यो बर्ष केही पछि धकेलिए । बलिउडमा तिन खानको बर्चस्व छ भन्नेहरुका लागि आमिर यो बर्ष उदाहरण बन्न सकेनन् । सलमान र साहरुखका अघि आमिर यो बर्ष जम्न सकेनन् ।९. इमरान हाश्मि : ‘जन्नत २’, रश जस्ता सिनेमाका कारण नायक इमरान हाश्मि यो बर्ष पनि चर्चामा आए । उनले अभिनय गरेको यि दुबै सिनेमाले व्यापारीक रुपमा त्यस्तो तहल्का नै मच्चाउन नसकेपनि असफल भने भएनन् । यसैले पनि बेड सिन र चुम्बनका मामलामा उदार देखिएका हाश्मि यो बर्ष समाचारमा छाइरहे ।
१०. इमरान खान : आमिर खानका भतिजा समेत रहेका इमरान खान यो बर्ष विभिन्न कारणले चर्चामा रहे । उनले नायिका करिना कपुरसँग अभिनय गरेको चलचित्र ‘एक मे और एक तु’ले व्यापारीक रुपमा कमाल नमच्चाएपनि असफल भएन ।

0 comments:

Post a Comment