प्रतिलिपि अधिकार हनन् सम्बन्धी कानुनमा चिनियाँ अदालतले विश्वप्रसिद्ध कम्पनी एप्पललाई जरिवाना गराएको छ ।
सो कम्पनीले चीनका आठजना लेखकका कृतिलाई उनीहरूको अनुमति बिना नै आफ्नो इ-बुकमार्फत विक्री गरेको भन्दै शुक्रबार उनीहरूलाई क्षतिपूर्ति भराउने आदेश गरेको हो ।
आठजना चिनियाँ लेखक तथा अका दुई चिनियाँ कम्पनीलाई सो एप्पल कम्पनीले करिब एक लाख ६६ हजार अमेरिकी डलर बराबरको क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
ती लेखक एवम् कम्पनीको उजुरीका आधारमा गरिएको अनुसन्धानबमोजिम चीनको राजधानी बेइजिङस्थित प्रारम्भिक अदालतले आज सो आदेश दिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
एप्पलको कपिराइटसम्वन्धी मुद्दा हारेको चीनमा यो दोश्रोपटक हो । केही महिनाअघि चिनियाँ इन्साइक्लोपेडियाको अनधिकृत विक्री गरेको आरोपमा ५ लाख २० हजार चिनिया युआन एप्पलले जरिवानावापत सम्वन्धित कम्पनीलाई तिरिसकेको वाल स्ट्रिट जर्नलले जनाएको छ ।
0 comments:
Post a Comment