Breaking News
Loading...
Sunday, December 30, 2012

Info Post

प्रायः नयाँ अनुहारहरुलाई चान्स दिइरहने निर्माता छविराज ओझाले आफ्नो अपकमिङ अनटाईटल प्रोजेक्टमा भने दयाहयाङ राई, विल्सन विक्रम राई र संयम पुरीलाई एकैसाथ भित्र्याउने भएका छन् । प्रि-प्रोडक्सनको अन्तिम चरणमा रहेको यस प्रोजेक्टको लागी दयाह्याङ  ६ महिना अगाडी नै अनुबन्धित भएपनि विल्सन र संयम भने भर्खरै मात्र फिक्स भएका हुन् ।


यस प्रोजेक्टको निर्देशन भने मुम्बईमा सिनेमा सम्बन्धी अध्ययन गरेर फर्किएका आदित्य विक्रम लम्सालले गर्नेछन् । उनी छविराज प्रोडक्सनबाट निर्देशनमा डेव्यू गर्दैछन् । यस सिनेमामा दयाह्याङ, विल्सन र संयमको साथमा सिनेमा ‘लुट’ का ‘पाण्डे’ अर्थात सुशिल पाण्डे पनि रहने प्रवल सम्भावना रहेको बुझिएको छ । तर पाण्डे स्वयमले भने उक्त प्रोजेक्टमा काम गर्ने बारे निर्माता ओझासँग मौखिक कुराकानी भएपनि फाइनल भइनसकेको प्रतिक्रिया दिए ।


डार्क कमेडियन शैलीको उक्त प्रोजेक्टमा निर्माता छविराज ओझाकी ब्रान्ड नायिका रेखा थापा भने नरहने बुझिएको छ । स्रोतका अनुसार यस प्रोजेक्टमा रेखाको ठाउँमा नयाँ  नायिकाको खोजी भइरहेको छ । नायिका थापासँग यस विषयमा बुझ्दा ड्याडीले यस प्रोजेक्टका सम्बन्धमा कुनै कुरा नगरेको प्रतिक्रिया दिइन् । तर सम्बन्धीत पक्षसँग यस वारेमा बुझ्दा उनीहरुले अहिले नै केही नखोल्ने बताए । करीब ७० लाख भन्दा माथि लगानी भनिएको यस प्रोजेक्टमा कुन चाहि नयाँ नायिकाले ठाउँ पाउने हुन त्यो भने केही समय पछि थाहा हुनेछ ।

0 comments:

Post a Comment