उस्तै गेटअप र लुक्समा देखिने आर्यन सिग्देल शनिबार भने भिन्न भएर देखा परे । गोदावारी पार्कमा पुग्दा आर्यनलाई क्राउडले यति घेर्यो कि उनले पिकनिकको रमाईलो बातावरणलाई महसुस नै गर्न पाएनन् ।पब्लिकसंगको समदुरीमा आयोजना गरिएको कलाकार संघको पिकनिकमा आर्यन सर्वाधिक आकर्षणको केन्द्र बनेका थिए । त्यसमाथि पनि उनको नयाँ लुक्सको प्रशंशा गर्ने धेरै थिए । भला उनले यो लुक्स फिल्मको पर्दामा प्रयोग गरेका छैनन् । बाक्लो जुँगामा देखिदा एउटा परिपक्क अनुहार उनीमा झल्किन्थ्यो । पिकनिक स्पटमा जुगाँको नयाँ गेटपमा उनको स्टारडमको ब्याख्या पनि मिडियाले भिन्न ढङगले गर्न भ्याएको थियो ।
आर्यन यो समय दुई नयाँ फिल्म खेल्ने तयारीमा छन् तर ती दुवै नयाँ फिल्मका लागि यो लुक्स नभएको उनले फिल्मीखबरसंगको कुराकानीमा भने । उनले भने, 'साईन गरेको दुई वटा फिल्मको लागि चाहि हैन तर धुवाँ यो नशाको टिमले बनाउने अर्को फिल्ममा चाहि सायद हुन सक्छ । फिल्म क्षेत्रमा प्रवेश गरेपछि उनि यस किसिमको लुक्समा पहिलो पटक देखिएका हुन् ।
0 comments:
Post a Comment