Breaking News
Loading...
Tuesday, December 18, 2012

Info Post

चुनाब हुने नहुने, टुंगो छैन । तर, बेलाबखत आफ्नो भाषणमा ‘लाष्टमा हिरोले जित्छ’ भन्दै आएका नेपाली राजनीतिका ‘द्वन्द्व निर्देशक’ प्रचण्डका हातबाट टीका थाप्ने नेपाली सिनेमाका एक ‘द्वन्द्व निर्देशक’ले प्रचण्डकै पार्टीबाट चुनाव लड्ने ईच्छा देखाएका छन् । नायक राजेश हमालले यसैसाता मन्त्री बन्न ईच्छुक रहेको भन्दै राजनीतिमा आउने छनक दिएकै बेला ३ वर्षअघि प्रचण्डलाई मुठ्ठी उठाएर लालसलाम गर्दै एमाओवादीमा प्रवेश गर्ने कलाकार राजेन्द्र खड्गीले आफू हेटौडाबाट चुनाब लड्ने बताएका छन् ।द्वन्द्व निर्देशकबाट निर्देशक बनेका खड्गीले तीन वर्षअघि प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा आयोजित कलाकारहरुको पार्टी प्रवेश कार्यक्रममा टीको थाप्ने क्रममा प्रचण्डलाई अररो हातले लालसलाम गरेका थिए । आजसम्म सक्रिय रुपमा राजनीतिमा नआएका खड्गी भन्छन्- ‘अब हुने चुनावमा म कुनै पनि हालतमा उम्मेदवारी दर्ता गर्छु । उनी आफूलाई एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा माओवादीका महासचिव रामबहादुर थापा (बादल) दुबैले आफूलाई हरियो बत्ति देखाइसकेको दाबी गर्छन् ।
खड्गीलाई एकीकृत माओवादी र नेकपा माओवादीबीच छिट्टै एकीकरण हुन्छ भन्ने विश्वास छ । उनी हेटौडाबासी भएकाले आफू त्यहीँबाट उम्मेदवारी दिने तयारीमा लागेको बताउँछन् । खड्गीले प्रचण्डको हातबाट टीको थाप्दा एमाओवादी फुटेको थिएन । हालसम्म आफुले एमाओवादी या माओवादी भनेर नरोेजेको खड्गीको भनाइ छ ।

0 comments:

Post a Comment