Breaking News
Loading...
Thursday, December 27, 2012

Info Post

सोलमेट (आत्माको साथी) अर्थात गर्लफ्रेण्डले क्रिसमसमा दिएको गिफ्टमा महानायक राजेश हमाल धन्दाको प्रिमियरमा देखा परेका छन् । अन्य समय यस्ता कार्यक्रमहरुमा कोट पाईन्ट तथा सर्टमा जेन्टल भएर उपस्थित हुने हमाल धन्दाको प्रिमियरमा भने अलि भिन्न देखिएका थिए ।

हमाल गर्लफ्रेण्डले जाडो छल्न दिएको न्यानो कपडा र नयाँ जुत्तामा उपस्थित हुँदा वास्तविक उमेर भन्दा केही कम जस्ता पनि देखिएका थिए । पहेँलो रङको आउटर ज्याकेट तर्फ ईगिंत गर्दै साँच्चै राम्रो कलर रहेछ भाउजुकै च्र्वाइस जस्तो छ नि ? भन्ने फिल्मीखबरको प्रश्नमा हमालले लामो हाँसो छोड्दै फिल्मीखबरको प्रश्नलाई मौन रुपमा स्वीकारेका थिए । उनी ज्याकेट सुहाँउदो वीन्टर सुजमा पनि थिए जसबाट पुष्टी हुन्छ कि आजकाल गर्लफ्रेण्डले उनको केयर ज्यादै गर्न थालेकी छिन् ।
 हाल सम्म गर्लफ्रेण्डको नाम मिडियामाझ औपचारिक रुपमा नखुलाएका हमाल सम्भवत एक बर्ष भित्रमा बैबाहिक बन्धनमा बाँधिने छन् । धन्दाको प्रिमियरमा केही मिनेट ढिला आएका उनी यूकेबाट आएका आफ्ना विशिष्ट गेष्टहरुलाई विदा गर्नुपर्ने कारण जनाउदै ईन्टरभल पछि निस्कएका थिए । ईन्टरभलमा उनले अर्पण थापाको अभिनयबाट प्रभावित भएको भन्दै उनको बारेमा फिल्मकर्मीमाझ बुझेका पनि थिए ।


0 comments:

Post a Comment