Breaking News
Loading...
Monday, December 31, 2012

Info Post
पौष १६ । कुनै समय यस्तो थियो, बेलायतका पल मेसनलाई विश्वकै मोटो व्यक्तिको पहिचान प्राप्त थियो । तर, हरबखत आफ्नो ओछ्याएनमा रहिरहनु भन्दा उनीसँग अर्को उपाय थिएन । किनकी, उनको शरीरको तौल ४ सय ४४ किलो थियो । तर, अहिले समय फेरिएको छ । पललाई विश्वकै मोटो व्यक्ति हुने गौरब प्राप्त भएपनि त्यो बेकारको थियो । उनको त्यही गौरबले उनलाई अशक्त बनाएको थियो । जसले निरन्तर उनको तनाब बढाएको थियो । तर, पलले आफ्नो वजन घटाउने बिचार गरे र सफल पनि भए । पलले आफ्नो तौल कम मात्रै होइन, धेरै नै कम गरे । उनले मात्रै ३ वर्षमा आफ्नो तौल २ सय ८६ किलो घटाएर आश्चर्यजनक कार्य समेत गरेको समाचार एजेन्सी बीबीसीले जनाएको छ । अहिले भने पल मात्रै १ सय ५८ किलो भएको जनाइएको छ । उनले अहिले अन्य व्यक्तिहरुझैं सामान्य जीवन जिउन सुरु गरेका छन् । पलले आफ्नो शरीर ज्यादा मोटो भएपछि अप्रेशन गरेर वजन घटाएको बताइएको छ । पलको अस्वभाविक मोटाई भने उनले सेवन गर्ने गरेको अत्यधिक आहारका कारण भएको उल्लेख गरिएको छ । पल कुनै बेला हर समय माछा, चिनी, भोजन जस्ता खानेकुराहरु सेवन गरिरहन्थे तर अहिले भने उनी त्यस्तो बानीबाट टाढा रहेको जनाइएको छ । अब भने पलले एक पुस्तक लेख्दै छन्, जसमा उनले आफ्नो अनुभव समेटेर खानपानबारे खराब आचरणका बारेमा सर्वसाधरणलाई जागरुक गर्न लागेको जनाइएको छ ।एजेन्सी

0 comments:

Post a Comment