कलाकार सुनिल थापा उमेरले पाको हुदै गएपनि मनले भने तन्नेरी नै छन् । साथीसँग रोमाञ्चक गफ गर्न मात्र होइन नायिकाहरुसँग पनि उनी खुलेरै कुरा गर्छन् । चलचित्र ‘तिमीले दिएको माया’ को बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा पनि रातेको तन्नेरी मनको अनुभव गर्न सकिन्थ्यो ।कार्यक्रम संचालक नरेश भट्टराइले अतिथीको रुपमा स्टेजमा बोलाएपछि सुनिल स्टेजमा गएर बसे । तर आफ्नो बोल्ने पालो सकेसगै उनी स्टेज छोडेर दर्शकदिर्घामा बसेका पत्रकारसामु आइपुगे । उनले बोलिसकेपनि स्टेजमा रहेका अन्य व्यक्तिले बोल्ने क्रम भने सकिएको थिएन । प्रायजसो कार्यक्रममा स्टेजमा बस्ने अतिथीहरु कार्यक्रम नसकेसम्म स्टेज छोडेर हिड्दैनन् । सुनिल दर्शकदिर्घामा आउनुको कारण पत्रकार मात्र नभएर नव नायिका दीक्षा भण्डारी पनि थिइन् । दिक्षालाई देखेपछि सुनिलको तन्नेरी मन जगमगाएको हो ।सुनिता शर्माको प्रस्तुतीमा विजय केरुङले निर्देशन गरेको चलचित्र ‘तिमिले दिएको माया’ मा दीक्षा र सुनिलका अलवा राज तिमिल्सिना, निता ढुंगाना, सुभाष मेचेको पनि अभिनय छ । महेश खड्काको संगीतमा तयार भएका चलचित्रका गितसंगीतले बजारमा अहिले राम्रो चर्चा पाइरहेका छन् । कार्यक्रममा बोल्दै नायिका सुनिता शर्माले चलचित्र सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको बताइन् । यो चलचित्र पौष १३ गतेबाट देशभरका ४० हलबाट प्रदर्शनमा आउदैछ ।
हिरोइन देखेपछि राते काइँलाको तन्नेरी मन
Info Post

0 comments:
Post a Comment