केही समयअघि प्रर्दशनमा आएको फिल्म 'भेटी'का निर्माता नारायण खतिवडाले आफ्नो दोसे दोस्रो लफडा फागुन ४ गतेवाट एकैसाथ नेपालभर प्रर्दशनमा आउने जानकारी गराए ।किशोर चौधरीको निर्देशन, निर्माता खतिवडाको संगित रहेको लफडामा मुकेश ढकाल, झरना थापा र सुनिल थापाको मुख्य भुमिका रहेको छ । लफडाको प्रर्दशन संगै निर्माता खतिवडाले मिसकल र हनिमुन निर्माण गर्ने भएका छन । मिसकलमा आर्यन सिग्देल र रेखा थापाको प्रमुख भुमिका रहने बताईएको छ भने हनिमुनका कलाकारको छनोट भईनसकेको खतिवडाले बताए ।
तर, आर्यन र रेखाको सितयुद्ध भएका कारण उनीहरू एकसाथ फिल्ममा खेल्ने नखेल्ने सुटिङ शुरू नभए सम्म यकिनका साथ भन्न सक्ने अवस्था भने छैन । भेटीबाट लगानी उठान हम्मे हम्मे परेको बेला पनि फिल्म निर्माणलाई निरन्तरा दिने खतिवडाको साहसलाई मान्नै पर्छ । उनी भन्छन्, 'कहिले नाफा हुन्छ त कहिले घाटा तर फिल्म निर्माणमा निरन्तर नै लाग्छु ।'
0 comments:
Post a Comment