काठमाण्डौको एक होटलमा सोमबार बेलुकी ८ बजे पुग्दा अनौठो गीत घन्कँदै थियो । गीतमा मोडल खुश्बु राणा नृत्य गर्दै थिइन् । उनलाई ‘एक्सन कट्’ भन्दै नृत्य गर्न सिकाउँदै थिए नृत्य निर्देशक अमर खड्का ।प्रसंग हो चलचित्र ‘प्राणभन्दा प्यारो’को । कमलकृष्णको निर्माण तथा निर्देशनमा बनेको यो चलचित्रको सोमबार बेलुकी एक आइटम गीतको छायांकनसँगै सुटिङ सकिएको छ । ३५ दिनको सेड्युलमा छायांकन सकिएको यो गीतको आइटम गीतमा नव कलाकार राजु पुडासैनी र अनामीका चौलागाईले पनि नृत्य गरेका छन् । चलचित्रका मुख्य पात्र नै राजु र अनामीका हुन् । चलचित्रमा यी दुईका अतिरिक्त कमलकृष्ण र विष्णु सापकोटाको पनि अभिनय छ ।उछृंखल आइटम गीतको अर्थ :
कसिलो जीऊमा छिराउन गाह्रो,
सबैको आँखाको बनेकी छु तारो
प्रेम लगन जुर्यो भने बाजा बज्ला है
डाक्टर साब…डाक्टर साब..चलचित्रमा प्रयोग गरिएको ‘कसिलो जीउमा छिराउन गाह्रो’ बोलको गणेश बगालेले लेखेको गीत उच्छृङ्खल खालको छ । तर, गीतको अर्थ खोज्दा निर्देशक तथा संगीतकार कमलकृष्णले भने, चलचित्रमा नायिकाको हातमा चुरा छिराएको देखाइनेछ ।’
चन्द्र पन्तको द्वन्द्व रहेको यो चलचित्र लभस्टोरी कथामा तयार भएको निर्देशक कमलकृष्णले बताए । चलचित्रलाई फागु पूणिर्मामा प्रदर्शनमा ल्याइने निर्माण पक्षले बताएको छ ।


0 comments:
Post a Comment