Breaking News
Loading...
Wednesday, December 19, 2012

Info Post

पुष ४ -   कलाकारीतामा लागेर के के पाईस् ? भनेर मलाई कसैले प्रश्न राखे । मेरो एउटै  उतर हुन्छ फ्यान । चर्चीत हुन पनि केबल फ्यानकै कारणले सम्भब भएको हो । त्यसैले मेरा फ्यानहरु मेरा लागी महान छन् । जसका कारणले म स्वदेसमा मात्र हैन बिदेसमा पनि चिनीएको छु । 
 
मैले अभिनय गरेको टेलिश्रृखला मेरीबास्सै मा अभिनय गरे देखि मैले धेरै फ्यानहरु पाएको छु । उक्त श्रृखला गरिब दुखि प्रति बढी सर्मपित भएको र मेरो पनि भुमिका त्यस्तै भएकोले पनि मेरा धेरै फ्यान पहाडका छन् । श्रृखला अभिनय गर्ने सिलसिलामा पहाडी यात्राका क्रममा पनि मेरा फ्यान बढेका छन् । ति फ्यानहरुका म प्रतिको चासो र सकारत्मक सोच भएको पाउदा म आफुले आफैलाई संसारकै भाग्यमानी कलाकार भएको महसुस गर्दछु। ति पहाडी जिल्लामा कार्यक्रममा जादा बालक देखि बृद सम्मका मेरा फ्यानहरु मलाई भेट्न र प्रत्येक्ष हेर्नका लागी कार्यक्रममा दुई दिनको बाटो हिडेर आउने गरेका छन्। ति फ्यानले मलाई हेर्न र भेट्न गरेको दुःख सम्झदा कलाकारीताको अझ ममा महत्व बढेर आउछ ।
 
त्यसो त मेरो बास्तबिक नाम एउटा छ । कलाकारीतामा मैले धरै पात्रका भुमिका  निर्बाह गरेको छु । ति भुमिका अनुसारका बेग्ला बेग्लै फ्यान छन् । कतीले मेरो धुर्मुस क्यारेक्टरलाई मनपराउछन् भने कतीले नेताकेपि ओलि, खड्काजि लगायतको भुमिका रुचाउछन् । त्यसैले मेरा फ्यान पनि ति क्यारेक्टर अनुसारकै छन्। अधिकाम्स मेरा फ्यान युवा युबती नै हुन् । ति फ्यानहरु कतीले मलाई हक गरौ भन्छन् भने कतीले हातमा र कतीले गालामा अटोग्राफ लेखाउछन् । बिबाह हुनु भन्दा पहिले त मलाई मनपराउने युबती फ्यानहरु धेरै थिए। प्रेमपत्र कोरेर मेरो वारेमा प्रसंसा गर्ने फ्यानहरु धेरै थिए। भेट्यो कि बिबाहको प्रपोज राख्ने फ्यानहरु गलीगल्लीमा भेटिन्थ्यो। मेरो बिबाह भए पछि त्यसता फ्यानहरु चाही बिस्तारै कमी भएर गए। मेरो यो मानेमा फ्यानहरु घटे भन्ने चाहि होईन।  बिबाह पछि पनि मैले धरे केटी फ्यानहरु पाएको छु । म, श्रीमती सुन्तलिकै अगाडी केटी फ्यानहरुलाई हक गर्दछु । फ्यान संगको संगतले मैले एउटा कुरा भने बुझेका छु त्यो के हो भने फ्यानहरु संग नजिक हुन कलाकारमा बढि स्टारडम हुनहुदैन । - सिताराम कट्टेल (धुर्मुस) / हास्य कलाकार 

0 comments:

Post a Comment