चलचित्रको प्रदर्शन पश्चात संचारमाध्ममा आउने समिक्षाले चलचित्रकर्मीहरु कहिले खुशि हुन्छन् त कहिले चिडिन्छन् । सकारात्मक समिक्षा आए खुशी हने चलचित्रकर्मीहरु नकारात्मक समिक्षामा आक्रोशित भएको पाइन्छ । तर समिक्षाले आफुलाई अझ राम्रो पाठ सिकाउछ भन्ने सोचाई भने धेरैमा पाइदैन ।नेपालमा मात्र होइन बलिउड र हलिउडमा पनि चलचित्रको प्रदर्शन पश्चात समिक्षा आउने गर्छ । तर समिक्षालाई लिएर नेपालमा भने ठूलै हंगामा हुनेगर्दछ । नायक आर्यन सिग्देललाई पनि समिक्षकहरुले गर्ने समिक्षाले कम्तीको रिस उठेको रहेनछ । एक कार्यक्रममा नायक सिग्देलले समिक्षकमाथी आक्रोश पोखेका छन् । अरुले दुख गरेर बनाएको सिनेमालाई राम्रो र नराम्रो भन्ने अधिकार समिक्षकमा नभएको आर्यनको भनाई थियो । उनले भने, ‘हामीले बनाउने सिनेमा दर्शकका लागि हो समिक्षका लागि होइन’ आर्यनले भने । यसैले दर्शकका लागि बनाएको सिनेमालाई राम्रो र नराम्रो भन्दै समिक्षा गर्ने अधिकारी समिक्षकमा छैन, आर्यनले भने ।
चलचित्र बजारमा आएपछि त्यसको टिप्पणी गर्ने अधिकार सबैमा हुन्छ भन्ने कुरा सायद आर्यनले बिर्सिएको हुनसक्छ । समिक्षकको समिक्षामाथी आक्रोश पोख्नु भन्दा राम्रा सिनेमा बनाउन र खेल्नतर्फ लाग्ने पो हो की आर्यन जि ?
ource:Onlinekhabar

0 comments:
Post a Comment