युवापुस्तामाझ लोकपि्रय बनिरहेका निर्देशक सबिर श्रेष्ठको व्यस्तता पछिल्लो समय निक्कै बढेको छ । छविराज प्रोडक्शन र रेखा फिल्मस्को व्यानरमा तयार भएको चलचित्र ‘हमेशा’ को छायांकन सकेको केही दिनमै उनी अर्को चलचित्र निर्देशनका लागि तयारी गरिरहेका छन् । रमेश त्वयनाको निर्माणमा तयार हुन लागेको चलचित्र ‘आधी बाटो’लाई सबिर श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । चलचित्रको छायांकन माघको १ गतेबाट गरिने बताइएको छ ।चलचित्रमा नायक सविन श्रेष्ठ र नायिका अनु शाहले अभिनय गर्ने पक्का भएको छ । निर्माणपक्षले अनु र सविनलाई सोमबार कागजी संझौता गरेको हो । चलचित्रमा गायकबाट नायक बनेका यश कुमार र नायिका जेनिशा केसी पहिले नै फाइनल भइसकेका थिए । चलचित्रको छायांकन काठमाण्डौ, चरिकोट र युकेमा गरिने छ । चलचित्रको छायांकन नवराज थापाले गर्दैछन् ।नायक सविन श्रेष्ठ र नायिका अनु शाहले साथमा अभिनय गर्न लागेको यो पहिलो चलचित्र हो । अनलाइनखबरले गतबर्ष फागुपुणिर्माको अवसरमा अनु र सविनको फोटोसुट गरेको थियो । उक्त फोटोसुटमा दुबैलै एकसाथ सिनेमा खेल्ने चाहना व्यक्त गरेका थिए ।
पुरा भयो सविन र अनुको रोमान्स गर्ने चाहना
Info Post

0 comments:
Post a Comment