Breaking News
Loading...
Saturday, December 15, 2012

Info Post

यदी तपाई नायिका नम्रता श्रेष्ठको फ्यान हुनुहुन्छ भने उनलाई एउटा किताब उपहार दिएर आकर्षित गर्न सक्नुहुन्छ । किनभने नायिका श्रेष्ठले आगामी वर्ष २०१५ सम्म १ लाख नजिक पुस्तक संकलन गर्ने लक्ष्य राखेकी छिन । शिक्षा नेपालले सद्धभावना दूत घोषणा गरेसँगै नम्रताले किताब संकलन गर्ने कार्य सुरु गरेकी हुन् । नम्रताको यस अभियानमा नायक ‘कर्मा’ ले पनि साथ दिदैछन् । हिजो लाजिम्पाटस्थित ‘एटिक’ क्याफेमा आयोजना गरिएको एक कार्यक्रममा नायिका नम्रता श्रेष्ठ र नायक कर्मालाई शिक्षा नेपालले सद्भावना दूतको रुपमा अनुबन्धित गरेको छ ।

‘लेट्स ब्रिङ अ बुक’ नामक अभियनमा यज्ञविक्रम शाही, समिरमणी दिक्षीत, अनिल शाह, प्रेमबहादुर बोहरा र चारु चद्दा पनि यस अभियनमा लाग्दैछन् । सबैलाई यस अभियनमा एकजुट हुन आह्वान गर्दै नम्रता पुस्तक संकलन अभियानमा लाग्नु बारे प्रस्ट्याउदै भन्छिन्, ‘एउटा सानो सहयोगले कसैको जीवनमा सकारात्मक प्रभाव पर्छ भने किन नजुट्ने भनेर यस अभियानमा लागेको हुँ ।’


त्यस्तै नायक कर्माले पनि पुस्तक संकलन कार्य प्रभावकारी लागेकाले यस अभियानमा संलग्न भएको बताए । शिक्षा नेपालले आयोजना गरेको यस अभियानबाट संकलन भएका पुस्तकहरुलाई ग्रामीण भेगमा लाइव्रेरी निर्माण गरिने बताइएको छ । जहाँ एउटा लाइव्रेरीमा १० हजार सम्म पुस्तकहरु हुनेछन् । ‘एउटा किताब’ अभियानमा पुस्तक नहुनेले १ सय २५ रुपियाँ दिएर पनि सहयोग गर्न सक्नेछन् । हिजोको उक्त कार्यक्रममा सौगात मल्ल, निशा अधिकारी, मिस नेपाल माल्भिका सुब्बा, सदिक्षा श्रेष्ठ र मलिना जोशी पनि उपस्थित थिए ।

0 comments:

Post a Comment