Breaking News
Loading...
Friday, December 28, 2012

Info Post
 महानायक राजेश हमाल र कोमल वलीले विवाह गर्ने समाचारले एक समय मिडियामा राम्रै स्थान पायो । तर राजेश र कोमलले विवाह गर्ने उक्त समाचार केवल समाचार मात्र सिमित बन्यो वास्तविक रुपमा भने परिणत हुन सकेन । वास्तविक जीवनमा जम्न नसकेको राजेश र कोमलको जोडी अब भने सिनेमाको पर्दामा जम्ने भएको छ ।

राजनीतिक अवस्थालाई मुख्य रुपमा चित्रण गर्न खोजिएको यस सिनमामा राजेश र कोमलले एउटै घरबाट राजनीति गर्ने बताइएको छ । तर वलीले ‘राजनीति’ मा ओके गर्नका लागी निर्माण पक्ष समक्ष ३ वटा सर्तहरु राखेकी छिन् । जस्मा उनको क्यारेक्टर ब्लन्डर हुनुपर्ने, विदेश भ्रमणको समयमा सुटिङ राख्न नपाइने र पारिश्रमिक डिमान्ड गरे वमोजिम (४ लाखसम्म) हुनुपर्ने जस्ता सर्तहरु रहेका छन ।

यी सर्तहरुबारे प्रस्ट्याउँदै कोमलले भनिन् , ‘मेरो डेव्यू सिनेमा भएको हुँदा म धेरै विषयहरुमा कन्सियस भएको हुँ ।’ त्यस्तै महानायक हमालसँग विवाह गर्ने विषयलाई भने उनले त्यो केवल हाईपोथेशिष मात्र रहेको प्रतिक्रिया दिइन् । उसो त ‘राजनीति’ मा कोमल वलीको विकल्पमा अन्य लेडी क्यारेक्टर हुन नसक्ने निर्माण पक्षले बताएको छ । यस विषयमा निर्देशक निरौलाले भने, ‘हाम्रो सिनेमाको डिमान्ड भनेकै राजेश र कोमल हुन, त्यसकारण हामी उहाँहरुको लागी जस्तोसुकै कम्परमाइन गर्न पनि तयार छौ ।’

दिपक सुवेदी र दिपक कुमार भट्टराईको संयुक्त लगानीमा निर्माण हुन लागेको सिनेमा 'राजनीतिमा' राजेश र कोमलको साथमा निर्माताद्धय दिपक सुवेदी, दिपक कुमार भट्टराई, र पवित्रा आचार्यको अभिनय रहने छ । केही हप्ता भित्रै फ्लोरमा जाने बताइएको यस सिनेमामा अर्जुन पोखरेलको संगीत एवम् अष्ट महर्जनको द्धन्द्ध निर्देशनलाई देख्न सकिनेछ । त्यस्तै ‘राजनीति’ मा शिव ढकालको सिनेम्याटोग्राफी र शिव वि.क ले नृत्य निर्देशन गर्नेछन । यस सिनेमालाई काठमाडौ र विरगञ्जका विभिन्न स्थानहरुमा सुट गर्ने बताइए पनि सिनेमामा लाग्ने लागत बारे भने केही पनि खुलाइएको छैन ।
(Source; MeroCinema)

0 comments:

Post a Comment