सार्बजनिक कार्यक्रममै दिपकलाई सम्हाल्छिन् दीपा
Info Post
टेलिसिरियल तितो सत्य’ को चर्चित जोडि दिपकराज गिरी र दीपाश्री निरौला पर्दा बाहिर पनि निक्कै नजिक छन् । दिपकको बिहे नभएको भए आफु उसको श्रीमती हुने भनाई सार्वजनिक गर्ने दीपा सार्वजनिक कार्यक्रममा समेत उनको हेरचाहा गर्छिन् ।उसो त दीपा र दिपकको सम्वन्धका बारेमा बजारमा थुप्रै चर्चा पनि हुने गरेका छन् । तर दिपक विवाहित भएकाले पनि उनीहरुको सम्वन्ध झ्याङ्िगन पाएको छैन । दिपकराजलाई दीपाले सार्वजनिक कार्यक्रममै हेरचाहा गर्ने गर्छिन् । बिहिबार बेलुकी आयोजना गरिएको एक चलचित्रको पि्रमियर कार्यक्रममा दीपाले दिपकको खुबै ध्यान पुर्याइन् । कार्यक्रममा दिपक भन्दा केही ढिला आइपुगेकी दीपाले भोक मेटाउन पपकन लिइन् । तर उनको मनले पपकन एक्लै खान मानेन । कार्यक्रममा आफु भन्दा केही अघि आइपुगेका दिपकलाई दीपाले पपकन खान मात्र भनिनन् आफै ख्वाइदिइन् । दिपकलाई दीपाले पपकन ख्वाइदिएको दृश्य हेर्न लायक नै थियो ।दिपकलाई दीपाले गरेको यस्तो हेरचाहा देख्दा लाग्थ्यो, ‘यो माया भन्ने चिज यस्तै हो ।’

0 comments:
Post a Comment