शकिराको बच्चा जन्मिने बितिक्कै बार्सिलोनाको सदस्य
Info Post
कोलम्बियन पपस्टार शकिरा र स्पेनिश फुटबल खेलाडी जेरार्ड पिक्यूको जन्मिन लागेको बच्चा जन्मदेखि नै स्पेनको चर्चित फुटबल क्लब बार्सिलोनाको सदस्य हुनेछन् । यिनीहरुको बच्चा सन् २०१३ को जनवरीमा हुन लागेको बताइएको छ । यो कुरा स्वंय खेलाडी पिक्यूले पुष्टी गरेको जनाइएको छ । पिक्यूले एक वेबसाइटलाई दिएको प्रतिक्रियामा यस्तो कुरा बताएको जनाइएको छ । वेबसाईटले शकिरा र पिक्यू दुबै नै आफ्नो बच्चालाई जन्मदेखिनै बार्सिलोनाको सदस्य बनाउन चाहेको उल्लेख गरेको जनाइएको छ । सन् १९८७ को फेब्रुवरीमा जन्मिएका पिक्यूले जन्मेको केही समयपछि नै बार्सिलोना क्लबको पहिलो सदस्यता प्राप्त गरेका थिए । हालैमा आफ्नो रजत जयन्तीको अवसरमा बार्सिलोनाले पिक्यूलाई आजीवन सदस्यता प्रदान गरेको उल्लेख गरिएको छ ।

0 comments:
Post a Comment