१२ पुस, काठमाडौं । विश्वमा संवेदना नभएका मान्छेहरुको तेश्रो स्थानमा नेपालीहरु पर्छन् । हरेक सय जनामा ६२ जना नेपालीहरु संवेदनाहीन भएको एक अध्ययनले देखाएको छ । अमेरिकी अनुसन्धान संस्था ग्यालपले गरेको अध्ययनले यस्तो देखाएको हो ।
दुई वर्ष लगाएर गरिएको अध्ययनअनुसार विश्वमा सबैभन्दा संवेदनाहीन जनता सिंगापूरका छन् । संवेदना नभएका जनताको दोश्रो स्थानमा जर्जिया र लिथुआनियाका जनता संयुक्त रुपमा परेका छन् । तेश्रो स्थानमा नेपालसँगै रुस, मडागास्कार, युक्रेन, बेलारुस, काजखस्तान र किर्गिस्तानका जनता परेका छन् ।सन् २००९ देखि २०११ सम्मको अबधिमा विश्वका १५० देशका जनतामाझ अध्ययन गरी निकालिएको निष्कर्ष अनुसार केवल ३८ प्रतिशत नेपालीमा मात्र आफ्ना दैनिक क्रियाकलाप तथा अन्य विषयका बारेमा संवेदना अर्थात इमोसन छ ।
अध्ययनको क्रममा विश्वका जनतालाई विभिन्न प्रश्न सोधिएको थियो । के तपाईले हिजो राम्रोसँग आराम गर्नुभयो ? तपाईले हिजो आफुलाई सम्मानित महसुस गर्न सक्नुभयो ? के तपाई हिजो खुबै हाँस्नुभयो ? के तपाईले हिजो कुनै रोचक काम गर्नुभयो ? के तपाइले हिजो सुख, दुःख, पीडा, निरासा तथा क्रोध मध्ये कुनै संवेदना अनुभुति गर्नुभयो ? लगायतका प्रश्न सोधिएका थियो ।
यी प्रश्नबाट प्राप्त उत्तरको आधारमा ३६ प्रतिशत सिंगापुरेले मात्र यी सोधिएका प्रश्नमा सक्रियता पूर्वक हो वा होइन भन्ने जवाफ दिए । सयमा ६६ जना सिंगापुरेहरुलाई अनुभुति तथा संवेदनाका यी सवालमा कुनै चासो थिएन । अर्थात् ६६ प्रतिशत सिंगापुरेले आफुलाई सोधिएका प्रश्नहरुमा कुनै प्रतिक्रिया जनाएनन् ।
यस्तै जर्जिया तथा लिथुआनियाका जनतामध्ये पनि सयमा केवल ३७ जनाले मात्र संवेदनाको अनुभुति प्रकट गरे ।
अध्ययन अनुसार विश्वमा सबैभन्दा बढि संवेदना भएका जनता फिलिपिन्सका हुन् । ६० प्रतिशत फिलिपिनोहरु संवेदनायुक्त भएको अध्ययनको निष्कर्ष छ । बढि संवेदना भएका जनतामध्ये दोश्रो स्थानमा साल्भाडोर, तेश्रो स्थानमा बहराइन, चौथो स्थानमा ओमान र कोलम्बिया तथा पाँचौ स्थानमा क्यानडा तथा अमेरिका लगायतका देशहरु परेका छन् ।
संवेदनाको हकमा कुरा गर्दा दक्षिण अमेरिकी जनताहरुमा सकारात्मक संवेदना बढि भयो र नकारात्मक संवेदना इराक तथा प्यालेस्टाइन लगायतका देश र उत्तरी अफ्रिकी देशहरुका जनतामा अत्यधिक रहेको पाइएको छ ।
केही समय पहिलेको अध्ययनले पनि दक्षिण अमेरिकी जनता सबैभन्दा सुखी तथा खुशी रहेको देखाएको थियो ।
0 comments:
Post a Comment