Breaking News
Loading...
Sunday, December 16, 2012

Info Post
नायक राजेश हमालको बिहेको चर्चा सधैं नै हुने गर्छ । बिहेका बारेमा विभिन्न जवाफ दिएर टारिरहेका हमाल यसपालिको मंसिर कटे पनि अर्को मंसिरचाँहि कट्न नदिने सुरमा छन् ।अनलाइनखबरसँगको भेटमा हमालले भने, ‘अब अर्को मंसिर कुनै पनि हालतमा कट्दैन ।’ प्रेमिकाको बारेमा सोधिएको प्रश्नमा हमालले भने, अब उहाँले धोका दिनुभएन भने म पछि हट्ने पक्षमा छैन ।’ तर, अर्काकी छोरीको नाम बिहे नभई कसरी लिनु भन्दै हमालले प्रेमिकाको नाम लिन चाहेनन् ।
हमालको बिहे बारे चर्चा धेरै हुने गरेको छ । तर, उनलाई बच्चाको बाबु बन्न मन लागेको छ या छैन होला ? यो प्रश्न पनि धेरैका मनमा उब्जन सक्छ । यो प्रश्नमा हमालले घुमाउरो पारामा भने- ‘बच्चा भएर कसरी बच्चा जन्माउन सक्छ ?’
सिनेमामा २२ बर्ष बिताइसकेका हमाल अब निर्देशक बन्ने सोचमा छन् । उनले भने-’सिनेमाको निर्देशन र बिहे सँगसँगै होलाजस्तो छ ।’

0 comments:

Post a Comment