कला भन्ने चिज पनि विचित्रकै हुन्छ । कला विभिन्न वस्तुको माध्यमबाट प्रकट गर्न सकिन्छ । अमेरिकाकी एक युवतीले हजारौँ कप केकको माध्यमबाट विचित्र कला प्रस्तुत गरेकी छिन् ।
टेक्सास घर भएकी २४ वर्षकी कलाशास्त्रकी विद्यार्थी १३ हजारवटा कप केकबाट रंगिचंगी कलात्मक चित्र प्रस्तुत गरेकी छिन् । एक माथि अर्को कपकेट ठड्याइएको उनको मूर्त कला न्युयोर्कको आर्ट सेन्टरमा प्रदर्शन गरिएको छ । उनले आफ्ना दुइ परियोजनाका लागि एक्लै यतिधेरै केक तयार पारेर प्रदर्शनीमा राखिन् ।
आफुले केक खाने लोभ छाडेर एक सूरमा केक पकाएको र त्यसो गर्दा आफूलाई अचम्मको आनन्द प्राप्त भएको उनी बताउँछिन् । उदाहरणीय महिला बन्ने धूनमा आफुले त्यसो गरेको उनको दाबी छ ।

0 comments:
Post a Comment