सिनेमाको लागि शरीर बेच्दिन: प्रियंका कार्की !!
Info Post
नेपाली सिनेमा उद्योगमा नायिकाको रुपमा इन्ट्री गर्नको लागि निर्माता निर्देशकलाई शरीरै सुम्पनु पर्ने गसिपले बजार नपिटेको होइन । आफूलाई सिनेमा क्षेत्रमानै स्थापित राख्नको लागि नायिकाहरुले शारीरिक, मानसिक र पारिश्रमिक हिसाबले शोषित हुनुपर्ने हल्लाहरु प्रशस्तै भेटिन्छन् ।
यस्तै गसिपको बीचमा पछिल्लो समयमा लगातार सिनेमामा व्यस्त रहन थालेकी नायिका प्रियंका कार्की भने बजारमा चलेको हल्ला जस्तो आफूले केही भोग्नु नपरेको बताउँछिन् । आफ्नो मिहिनेतामा विश्वास गर्ने कार्कीले सिनेमा पाउनको लागि आफ्नो शरीर नबेच्ने र त्यस्तो परिस्थिती आएमा सिनेमा क्षेत्रनै छोडिदिने बताएकी छिन् ।
सिनेमा झोलेमा व्यस्त रहेकी प्रियंकाले माई बेष्ट फ्रेन्डबाट नेपाली रजतपटमा छिरेकी हुन् । अहिलेसम्म कार्कीले ५ वटा सिनेमाहरुमा अभिनय गरिसकेकी छिन् । आफूले पनि सिनेमा क्षेत्रमा छिर्नु अगाडि त्यस्तो हल्लाहरु सुनेपनि त्यो वास्तविकता नभएको प्रियंकाको भनाई छ ।
सिनेमा पाउन धेरैलाई रिझाउनु पर्ने हल्ला आफ्नो हकमा भने त्यो लागू नभएको भन्दै उनले अमेरिका बस्दा नै अनलाइनबाट माइ बेष्ट फ्रेन्डको एग्रिमेन्ट गरेको उदाहरण दिएकी छिन् ।

0 comments:
Post a Comment